भदौ ५, २०८० मंगलबार एजेन्सी
युक्रेनी ड्रोन आक्रमणमा रुसको लामो दूरीको सुपरसोनिक बमवर्षक विमान ध्वस्त भएको छ। सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी–२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू–२२ विमानमा आगो लागेको देखिएको छ ।
ध्वस्त पारिएको रुसी टीयू–२२ बमवर्षक विमान ध्वनिको गतिभन्दा दुई गुना बढी गतिमा उडान गर्न सक्थ्यो । रुसले यो विमान युक्रेनका सहरमा आक्रमण गर्न व्यापक रूपमा प्रयोग गर्दै आएको आरोप छ । यो घटनामा कुनै हताहती नभएको तर केही समय मस्कोका तीन ठूला विमानस्थलमा उडानहरू स्थगित गरिएका थिए।
यद्यपि अहिले शेरेमेत्येभो र डोमोडेडोभोका दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आएका छन् । सोल्ट्सी–२ युक्रेनको सीमाबाट झण्डै ६ सय ५० किलोमिटर टाढा छ । रुसी सञ्चारमाध्यमले आक्रमण भएको जानकारी दिए पनि कुनै क्षति नभएको जनाएका बीबीसीले उल्लेख गरेको छ।

जनसन्देश खबर । ५ भाद्र २०८०, मंगलवार ०५:४०