स्पेनकी मिडफिल्डर बोनमाती सर्वोत्कृष्ट खेलाडी, ुगोल्डेन गोल्भु इङ्ग्ल्यान्डकी गोलकिपरलाई

जनसन्देश,संवाददाता,भदौ ४, मिडफिल्टर अताना बोनमाती फिफा महिला विश्वकप फुटबल २०२३ को सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी बोनमातीले राउन्ड अफ १६ मा स्पेनले स्विट्जरल्यान्डलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदा २ गोल गरेकी थिइन् । उनले प्रतियोगिताभर ३ गोलसहित २ असिस्ट गरिन् ।

यस्तै उत्कृष्ट गोलकिपर बनेकी इङ्ग्ल्यान्डकी म्यारी एयरप्सले ुगोल्डेन ग्लोभु अवार्ड जितिन् । आज भएको फाइनलमा उनले एउटा पेनाल्टी पनि रोकेकी थिइन् । प्रतियोगिताभर ३ खेलमा ुक्लिन सिटु राखेकी एयरप्सले ४ गोल बेहोरिन् ।

यस्तै स्पेनकी साल्मा पारालुएलो प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी बनिन् । १९ वर्षीया पारालुएलोले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराउँदा १ गोल र सेमिफाइनलमा स्विडेनलाई हराउँदा १ गोल गरेकी थिइन् ।

यस्तै फिफा महिला विश्वकप फुटबल २०२३ को गोल्डेन बुट अवार्ड जापानकी मिडफिल्डर हिनाता मियावाजाले जितेकी छिन् । प्रतियोगिताभर सर्वाधिक ५ गोल र १ असिस्ट गरेकी मियावाजाले गोल्डेन बुट जितेकी हुन् ।

आज आइतवार स्टेडियम अस्ट्रेलियामा भएको फाइनलमा इङ्ग्ल्यान्डलाई १–० गोलले हराउँदै स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया