सीताले ५ विकेट लिएपछि नेपाललाई ८५ रनको सामान्य लक्ष्य

जनसन्देश संवाददाता, भदौ ५, २०८०
काठमाण्डौ – चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा हङकङले नेपाललाई ८५ रनको सामान्य लक्ष्य दिएको छ ।

मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ ओभर १ बलमा ८५ रन बनाउँदा अलआउट भयो । हङकङका लागि केरी चानले ३४ र डोरोथिया चानले १६ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता राना मगरले ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ रन दिँदै ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले २ विकेट लिइन् ।

शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया