जाजरकोटमा “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ” को तयारी पुरा

 

जनसन्देश खबर संवाददाता भदौ १५ ।
जाजरकोट।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रं, जाजरकोटले “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ।” को तयारी पुरा गरेको बताएको छ । जिल्लाका सबै गाउँ तथा नगर कमिटी र ७७ वडा कमिटीको बैठक सम्पन्न गर्नुको साथै कामको जिम्मेवारी बाँडफाँड गरेर नेकपा ९माओवादी केन्द्र०, जाजरकोटले “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ।” को सबै तयारी पुरा गरेको बताएको हो ।

नेकपा ९माओवादी केन्द्र० ले यही भदौं १६ गते दिउसो १ बजेदेखि देशव्यापी रुपमा संचालन गरिने “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ।”को सम्पूर्ण तयारी पुरा गरी सकेको केन्द्रिय सदस्य बशन्त कुमार शर्माले जानकारी दिएका छन् । जिल्ला, नगर, गाउँ र वडा कमिटी तहमा अभियानको तयारी बैठक सम्पन्न गरी जिल्लाका सबै गाउँ तथा घरधुरीमा “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ।” को प्रचारलाई व्यापक रुपमा प्रचार प्रसार गरिएको ईन्चार्ज शर्माले बताए । घरघरमा माओवादी १ मनमनमा माओवादी ११ भन्ने मुल नारासहित पार्टीले संचालन गर्न लागेको तीन महिने “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ।” लाई यही भदौ १६ गते उद्घाटन गर्न जिल्लाका ७७ वटै वडामा जनशक्ति परिचालन गरी सकेको ईन्चार्ज शर्माले बताए ।
अभियानको उद्घाटनको दिन यहि भदौ १६ गते उर्जा सिंचाई तथा जलस्रोत मन्त्री एवं पार्टीका उप महासचिव शक्ति वहादुर बसनेत आफ्नो वडा भेरी नगरपालिका १ पीपेमा अभियानमा सहभागि हुने इन्चार्ज शर्माले जानकारी दिनु भयो ।साथै जिल्ला रहह्दा उहाँले विभिन्न वडाका कार्यक्रममा सहभागि हुने समेत शर्मााले बताउनु भयो ।
अभियानको तयारी बैठकका क्रममा विभिन्न पार्टी परित्याग गरेर नेकपा ९माओवादी केन्द्र० मा दर्जन बढिले प्रवेश गरेको ईन्चार्ज शर्माले बताएका छन् । ईन्चार्ज शर्माले दिएको जानकारी अनुसार नलगाड, शिवालय र जुनीचाँदेबाट नेकपा एमाले पार्टी परित्याग गरेर नेकपा ९मोवादी केन्द्र० मा प्रवेश गर्ने क्रम सुरु भएको छ । बारेकोटबाट विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरेर नेकपा ९माओवादी केन्द्र० मा प्रवेश गर्ने क्रम सुरु भएको छ भने, भेरीबाट नेपाली काँग्रेस र नेकपा ९एकीकृत समाजवादी० पार्टी परित्याग गरेर ९माओवादी केन्द्र० मा प्रवेश गर्ने क्रम सुरु भएको छ ।

अभियानले पार्टीलाई जनमैत्री बनाउनुको साथै सक्षम नेतृत्व विकासमा महत्वपूर्ण भुमिका खेल्ने ईन्चार्ज शर्माले बताए । लैङ्गिक असमानता, जातिय विभेदको भण्डाफोर गर्नुको साथै पछाडी पारिएका वर्ग, समुदायको राजनीतिक, आर्थिक, सामाजिक अधिकारका पक्षमा पैरवी गरेर सामाजिक न्याय प्रवद्र्धनमा अभियानले योगदान गर्ने ईन्चार्ज शर्माले दावी गरेका छन् । भुगोलको आबश्यकता र जनताको मागलाई पहिचान गरेर तीन महिने अभियानले विकास र समृद्धिको नारालाई साकार रुप दिन सहयोगी भुमिका खेल्ने ईन्चार्ज शर्माले बताए । जिल्लाका सवै वडा कार्यालय, गाउँ तथा नगर कार्यपालिकाको कार्यालयबाट भईरहेको सेवा प्रवाहको विषयमा अभियानले गहिरो अध्ययन गर्नुको साथै राम्रो गरेका पालिका तथा वडामा सामाजिक परीक्षणमा सहयोग गर्ने नराम्रो गरेका पालिका तथा वडाको भण्डाफोर गरी सुशासन कायम गर्न प्रचण्ड सरकारले अगाडी बढाएको योजनालाई सहयोग गर्ने अभियानले लक्ष्य लिएको ईन्चार्ज शर्माले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया