परिणाम मुखि कार्यको लागि कर्मचारीको प्रतिबद्ध हुनु पर्ने ः मन्त्री बस्नेत

जनसन्देश खबर सम्बाददाता
जाजरकोट, भदौ १७ गते । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले कर्मचारीहरु लाई बजेटको प्रभावकारी कार्यान्वयनको लागि प्रतिवद्ध भई कार्यासम्पादन गर्न निर्देसन दिनु भएको छ ।
पार्टीको तिन महिने अभियानको क्रममा गृह जिल्ला जाजरकोट पुग्नु भएका मन्त्री बस्नेतले जिल्ला प्रशासन कार्यालय जाजरकोटमा आयोजना भएको कार्यालय प्रमुख सँगको वैठकमा उक्त कुरा राख्नु भएको हो ।
जाजरकोटमा भौतिक पुर्वाधारका विकासको जग बसीसकेकाले अव जनताको आर्थिक , सामाजिक विकासमा तर्फ गम्भिर रहेर लाग्न समेत निर्देशन दिनु भएको छ । वजेटको सीमीतता हुने भएकाले योजना छनौटको क्रममा मागमा आधारीतमा केन्द्रीत हुन आग्रह गर्नु भयो ।
हरेक कार्यालयहरुले भौतिक विकासमा मात्र केन्द्रीत नभई आआफ्नो कार्यालयको ठोश क्षेत्रमा केन्दीत भएर कार्यक्रम वनाउन समेत उहाँले अनुरोध गर्नु भयो ।
कार्यक्रममा कार्यालय प्रमुखहरुले कार्यालयमा कर्मचारी अभावमा काम गर्न बाधा भएको लामो समय सम्म निमित्तको भरमा काम गर्नु पर्दा भने जस्तो उपलव्धि ल्याउन नसकिएको भनाई राखेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले शान्ति सुरक्षा र सेवा प्रवाहमा प्रभावकारीता ल्याउनु आफ्नो प्रमुख कार्य भएकाले सोही अनुरुप लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
त्यस्तै आजै विहान प्रेस सेन्टर नेपाल जाजरकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले जाजरकोट जिल्लामा हाल ८५ प्रतिशत घर धुरीमा पुगेको यस लाई २ वर्ष भित्रमा सय प्रतिशतमा पुरयाउने बताउनु भयो ।
त्यस्तै २ वर्ष जिल्लाको सबै सिचाईयोग्य जमिनमा सिचाई योग्य बनाउने उहाँले प्रतिवभता जनाउनु भयो । साथै विद्युतिकरणका लागि भर्खरै ३ अबृको ठेक्कका लागेकाले ३ वर्ष भित्रै जिल्लाका सवै घर धुरी मा विद्युत पुग्ने उहाँले बताउनु भयो ।
त्यस्तै पत्रकारको जिज्ञासामा उहाँले स्थानीयस्तरमा हुने विकास निर्माणको निगरानीमा सवै सन्चारकर्मिहरु लाई आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया