जनसन्देश खवर सम्बाददाता
जाजरकोट, भदौ २९ गते ।
जाजरकोटको नलगाड नगरपालिकामा बसाई व्यवस्थापनका लागि विद्यालयमा १७ लाख बरावरको सामाग्री सहयोग भएको छ । वल्ड भिजन ईन्टरनेशनल संगको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्चद्वारा नलगाड नगरपालिका जाजरकोटका १४ वटा बिद्यालयलाई पढाई स्तर सुधारका आवश्यक सामग्री वितरण गरिएको हो ।
पाँचतारा युवा संरक्षक मंचका अध्यक्ष छबी पन्तले बसाई ब्यवस्थापनका लागि राउन्ड टेबल एक सय ५५थान , कार्पेट ७ सय ५३ मिटर, पिफर्म १ हजार १ सय २९ थान, कुशन ७ सय ६१ थान, सिकाई कुना दराज ८४ थान र कथा किताब एक हजार पाँच सय वटी हस्तान्तरण गरिएको जानकारी दिनु भयो। यी सामग्रीको लागत १७ लाख ६४ हजार रहेको अध्यक्ष पन्तले जानकारी दिनु भयो ।
जोखिममा रहेका ८५० जना बिद्यार्थीहरुुलाई शैक्षिक सामग्री बितरण गरिएको थियो । प्रति विद्यार्थी बराबर झोला, दर्जन कपि, दर्जन कलम, १० वटा ईरेजर, १० वटा कटर र पेन्सिल गरि १४ लाख ७३ हजार लागतका सामग्री बिद्यालयमा अध्ययन गरिरहेका बालबालिकालाई हस्तान्तरण गरिएको पाच तारासंरक्षण मञ्च जाजरकोटका अध्यक्ष छवि पन्तले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्नु हुदै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बालबालिकाहरुको शैक्षिक उन्नयनका लागि संस्थाले गरेको सहयोग महत्वपुर्ण रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी सुनारले शिक्षाको गुणस्तरका लागि सवै पक्ष ले आआफ्नो तर्फवाट योगदान गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले संस्थाले गरेको सहयोग सानो भएतापनि यसले बालबालिकाहरुको बसाईमा पक्कै पनि सहयोग पुग्ने बताउनु भयो । शिक्षाको स्तर जिल्लामा कमजोर हुदै गएको प्रति चिन्ता व्यक्त गर्दे शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षा सँग सम्वन्धित सवै सरोकारवाला हरु प्रतिवद्ध भएर अगाडि वढ्नु पर्ने पन्तको भनार्य थियो ।
कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, नलगाड नगरपालिकाका शिक्षा अधिकृत बलवीर वि.क., पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष सहदेव बस्नेत, पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्त, पत्रकार महाँसँघ जाजरकोटका उपाध्यक्ष तथा गैर सरकारी संस्था महाँसँघका सचिव सहदेव बस्नेत, पाँचतारा युवा संरक्षक मंचका निवर्तमान अध्यक्ष राम जंग शाह, शिक्षक, जनप्रतिनिधि तथा अन्य सरेकारवालाहरुको लगायतको सहभागिता रहेको थियो ।

जनसन्देश खबर । ३० भाद्र २०८०, शनिबार १६:१८