जनसन्देश खबर सम्बाददाता ।
जाजरकोट, भदौ २६ गते ।
नेकपा( एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ ।
पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, उपसभामुख इन्दिरा राना मगर, अर्थमन्त्री डा। प्रकाश शरण महत, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुक श्रद्धाञ्जलीका लागि त्यहाँ पुग्नुभएको छ । प्रतिनिधिसभामा इलामबाट निर्वाचित सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

जनसन्देश खबर । २६ भाद्र २०८०, मंगलवार १४:५६