माओवादी ले बुझायो सातै वटा स्थानीय तहमा ज्ञापन पत्र

 

जनसन्देश सम्बाददाता ।
जाजरकोट, असोज ९ गते ।
ज्ञापन पत्र सहित जाजरकोटका माओवादी आइतबार जिल्लाका सात ७ वटा स्थानीय तहमा पुगेका छन् । सामाजिक न्याय, सुशासन र समृद्धिका सवाल सहितका ज्ञापन पत्र लिएर जाजरकोटका माओवादी ५ वटा स्थानीय तहमा पुगेका हुन् ।

घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नारा सहित पार्टीले देशव्यापी रुपमा संचालन गरेको तीन महिने जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत आज जाजरकोट जिल्लाका ५ वटा स्थानीय तहमा जनसरोकारका बिषयहरुलाई लिएर पार्टी, जनवर्गिय संगठन र मोर्चाका तर्फबाट ज्ञापन पत्र पेश गरिएको नेकपा ९माओवादी केन्द्र० का केन्द्रिय सदस्य तथा जाजरकोट ईन्चार्ज बशन्त कुमार शर्माले जानकारी दिए । गत भदौं १६ गतेदेखि संचालन गरिएको अभियानको पहिलो चरणमा गरिएको घरदैलो तथा जनभेटघाट कार्यक्रमबाट पहिचान गरिएका सवालहरुलाई नगरपालिका तथा गाउँपालिकाको साँपेक्षतामा ज्ञापन पत्रमा समावेश गरिएको ईन्चार्ज शर्माले बताएका छन् ।

रुघाखोकी र सामान्य ज्वरो आएको विरामीलाई निशुल्क उपलब्ध गराउन सरकारले निर्धारण गरेका कयौं प्रकारका औषधिहरुको व्यवस्थापन गाउँ तथा नगरपालिकाले गर्न नसकेको ईन्चार्ज शर्माले बताए । कतै दक्ष जनशक्तिको अभावमा गाउँमा बनेका बर्थिङ्गसेन्टर प्रयोग विहिन भएको बताउदै ईन्चार्ज शर्माले कतै दक्ष जनशक्ति भएतापनि बर्थिङ्गसेन्टरको अभावमा सुत्केरी महिलाहरुले उचित स्वास्थ्य सेवा पाउन नसकेको बताए । कतै गुणस्तरीय शिक्षाको अभाव, कतै सार्वजनिक स्थलहरुमा गरिने विभिन्न खाले विभेदका कारण बालबालिकाहरुले पढाई छोड्नु पर्ने अबस्था विद्यमान रहेको जानकारी दिदै ईन्चार्ज शर्माले शुद्ध खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता लगाएत संविधानको मौलिक हकले गरेको व्यवस्था अनुसारको व्यवस्थापन हुन नसक्दा गाउँ तथा नगरपालिकाले अझै पनि सामाजिक न्याय प्रवद्र्धन गर्न नसकेको जानकारी दिए ।

भेरी नगर कमिटीका अध्यक्ष दीपक बस्नेत (उमेश) को नेतृत्वमा गएको महिला, दलित, विद्यार्थी, किसानहरुको टोलीले ३० बुँदे ज्ञापन पत्र निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीलाई बुझाएको जानकारी दिएको छन् । त्यसैगरी नलगाड नगर कमिटीका अध्यक्ष अमर वली र सचिव प्रचण्ड वलीको नेतृत्वमा गएको महिला, दलित, विद्यार्थी, किसानहरुको टोलीले २४ बुँदे ज्ञापन पत्र नलगाड नगर प्रमुख डम्बर बहादुर रावत, उपप्रमुख सरिता सिंह र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीलाई संयुक्त रुपमा बुझाएको जानकारी दिएको छ । त्यसैगरी नेकपा ९माओवादी केन्द्र० का केन्द्रिय सदस्य तथा छेडागाड नगरपालिका ईन्चार्ज नर बहादुर पुन ९तारा० को नेतृत्वमा गएको महिला, दलित, विद्यार्थी, किसानहरुको टोलीले १३ बुँदे ज्ञापन पत्र छेडागाड नगर उपप्रमुख चन्द्र बहादुर थापा ९अपिल० र निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगा बहादुर आरसीलाई संयुक्त रुपमा बुझाएको जानकारी दिएको छ ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) को केन्द्रिय सदस्य तथा बारेकोट गाउँपालिका ईन्चार्ज काली चलाउनेको नेतृत्वमा गएको महिला, दलित, विद्यार्थी, किसानहरुको टोलीले २३ बुँदे ज्ञापन पत्र बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरी र उपाध्यक्ष नर बहादुर गिरी लाई संयुक्त रुपमा बुझाएको जनाएको छ । वाईसिएल नेपालका केन्द्रिय सचिव मनोज विक (मोहित) को नेतृत्वमा गएको महिला, दलित, विद्यार्थी, किसान, मगर राष्ट्रिय मुक्तिमोर्चा सहितको टोलीले १३ बुँदे ज्ञापन पत्र कुशे गाउँपालिका उपाध्यक्ष देविका सिंह आरसीलाई बुझाएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया