जाजरकोट खलंगामा सार्वजनिक सुनुवाईः पाँच बुदे प्रतिबद्धता

 

जनसन्देश सम्बाददाता ।
जाजरकोट, असोज १८ गते । जाजरकोटका सरकारी कार्यालयले दिने बस्तु तथा सेवाको प्रभावकारीता विषयक वृहत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ५ बुदे प्रतिबद्धता ब्यक्त गदै सदरमुकाम खलंगामा सम्पन्न भएको कार्यक्रमको जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति जाजरकोटको अगुवाई, भेरी नगरपालिका र असल शासन क्लव जाजरकोटको सहकार्यमा गरिएको हो ।
जिल्लाका सरकारी कार्यालय, स्थानीय तह लगायत सार्वजनिक संस्थाहरुले प्रवाह गर्ने वस्तु, सेवा र सुविधाको प्रभावकारिताका विषयमा सरोकारवालाहरुलाई दिने, खुल्ला मञ्चमा साझा सवालहरुमा वहस, पैरवी गर्ने पद्धतीको विकास गर्न सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
जाजरकोटमा म्याद सकिएका समान विक्री वितररण गर्ने वातावरणलाई न्यूनिकरण गर्न नियमित बजार प्रक्रियालाई निरन्तरता दिने र अनुगमनको नतिजा कार्यालयका फेसवुक पेज तथा आमसञ्चार माध्यम मार्फत जानकारी गराउने प्रतिवद्धता गरिएको छ ।
त्यस्तै यातायात क्षेत्रमा भाडा दरमा एकरुपता नभएको, कच्ची सडकमा भाडादर महंगो भएको गुुनासोलाई आत्मसाथ गर्दै तत्काल यातायात व्यवसायी र सरोकारवाला वीच वैठक वसी भाडादर समयसापेक्ष बनाउने प्रतिवद्धता गरिएको छ । साथै जिल्लाका सेवा प्रदायक सवै निकायले नियमित सार्वजनिक सुनुवाई गर्ने र त्यसको सार्वजनिक स्थानीय सञ्चार माध्यमबाट गर्ने प्रतिबद्धता गरिएको छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले लक्षित वर्ग र सेवाग्राहीप्रति जवाफदेही र पारदर्शी भएको बोध गराउने र सार्वजनिक सेवा प्रवाहलाई चुस्त,दुरुस्त पार्नका लागि पृष्ठपोषण दिने उद्देश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएकोे जानकारी दिनु भयो । यस्ता सार्वजनिक सुनुवाई वेला बेला गर्नले जिल्लामा पारदर्शीता, जवाफदेहिता र सुशासन कायम गर्न नागरिक प्रति सेवा प्रदायक निकायको उत्तरदायित्व र जिम्मेवारीवोध गराउन टेवा पुग्ने प्रजिअ सुनारको विश्वास छ ।
जाजरकोट जिल्लामा रहेका विभिन्न सरकारी कार्यालय र भेरी नगरपालिकाको सेवा प्रवाहलाई लिएर सर्वसाधारण र सम्बन्धित सरोकारवाला निकायहरु वीच सवाल जवाफ भएको थियो । स्थानियले शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत, बन, पुर्वाधार विकास, यातायात, कृषि, भेरी नगरपालिका लगायतका कार्यालय सँग सम्बन्धित सवाल र सेवा प्रवाह बारे राखेको जिज्ञासाको सम्बन्धित कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीले प्रष्ट पारेका थिए ।

तपाईको प्रतिक्रिया