
जनसन्देश सम्बाददाता ।
जाजरकोट, असोज २२ गते ।
१४ बुँदे माग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै भेजाजरकोटका सवै स्थानीय तहका कार्यरत कर्मचारीहरुले पेनडाउन गरेका छन् ।
आईतबार आन्दोलनलाई समर्थन जनाउँदै पेनडाउन गरिएको जिल्ला स्तरीय आन्दोलन संघर्ष समितिका सदस्य सुधा हमालले जानकारी दिनु भयो। कार्यस्थलमा रहँदा हातमा कालोपट्टी बाँधेरमा काम गरेको सदस्य हमालले बताउनु भयो।
१४ बुँदे मागसहितको ज्ञापन पत्रमा संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, संघीय, प्रदेश र स्थानीय सेवाको पदमा वहाल रहेका स्थायी कर्मचारीहरुलाई निजामतिको परिभाषाभित्र समेटिनुपर्ने, तीन वटै तहमा तहगत प्रणाली लागु गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने लगायत माग गर्दै यतिबेला स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित छन् ।
संघीय निजामती ऐनले स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई विभेद गरिएकै कारण आन्दोलन गर्नु परेको उनीहरुको भनाइ छ । आफुहरुको माग जायज भएकाले सरकारले पुरा गर्नु पर्ने शिवालय गाउँपालिका कृषी साखा प्रमुख विश्वमित्र शर्माले बताउनु भयो । माग पुरा नहुन्जेल आन्दोलन जारी रहने शर्माको भनार्य छ ।
उता कर्मचारीको पेन डाउनको कार्यक्रमले सेवाग्राह िहरुलार्य भने निकै मर्कापरेको उनिहरुको गुनासो रहेको छ ।

जनसन्देश खबर । २२ आश्विन २०८०, सोमबार ०९:२७