जनसन्देश सम्बाददाता ।
जाजरकोट , असोज २५ गते । । जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको प्रारम्भिक समिक्षा बैठक सम्पन्न भएको । जिल्ला सदरमुकाम खलंगा स्थित पार्टी कार्यालयको सभाहलमा अभियानको प्रारम्भिक समिक्षा बैठक सम्पन्न भएको हो ।
पार्टीका उप–महासचिव तथा कर्णाली प्रदेश ईन्चार्ज कमरेड मातृका प्रसाद यादव, पार्टी स्थायी कमिटी सदस्य काली बहादुर मल्ल, कर्णाली प्रदेश कमिटी अध्यक्ष विमला केसीको उपस्थितिमा अभियानको प्रारम्भिक समिक्षा बैठक सम्पन्न भएको थियो ।
गत भदौं १६ गतेदेखि जिल्लाका ७ वटा स्थानीय तह र ७७ वटा वडामा एक साथ उद्घाटन गरिएको तीन महिने “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान” को प्रारम्भिक समिक्षा बैठक जिल्ला ईन्चार्ज कमरेड बशन्त कुमार शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त समिक्षा बैठकले पार्टी तथा जनवर्गिय संगठनहरुको अबस्थाका विषयमा सिंहालोकन गर्न सफल भएको ईन्चार्ज शर्माले जानकारी दिनु भएको छ ।
अभियानको कार्ययोजनाले राखेका लक्ष्यहरुको सिंहालोकन गर्न बैठक सफल भएको छ ईन्चार्ज शर्माले भन्नु भयो, सम्पन्न समिक्षा बैठकले आगामी दिनमा पार्टी, सत्ता र मोर्चाका कामलाई व्यवस्थित गर्न आवश्यक निर्णय लिनुको साथै तीन महिने अभियानको कार्ययोजनालाई समृद्ध र परिस्कृत गरेको छ ।

जनसन्देश खबर । २५ आश्विन २०८०, बिहीबार ०७:२५