किसानलाई अनुदानमा माहुरी घार वितरन

जनसन्देश सम्बाददाता
जाजरकोट, असोज २९ गते । जाजरकोटमा कृषकहरुलाई  अनुदानमा आधुनिक माहुरीघार वितरन गरिएको छ । खलङ्गा साना किसान सहकारी संस्था लिमीटेडले इलम परियोजना हेल्भेटास नेपालको आर्थिक सहयोगमा सन्चालीत महिला उद्यमशिलता विकास तथा रोजगारी सृजना कार्यक्रम अनतरगत उक्त घार वितरन गरिएको हो ।
भेरी नगरपालिका वडा नं १ र २ का ३० जना माहुरीपालक किसानहरुका लागि ९० थान माहुरी गोला सहितका आधुनिक घार  लगायतका सामाग्रीहरु वितरन गरिएको हो ।  खलङ्गा साना किसान सहकारी संस्था लिमीटेडका अध्यक्ष यगुमाया कार्कीले जम्मा १२ हजार रुपियाँ पर्ने उक्त  गोलासहितको घार  ७५ प्रतिशत संस्थाको र २५ प्रतिशत कृषकले व्यहोर्ने गरि वितरन गरिएको जानकारी दिनु भयो ।
केहि दिन अगाडि कृषकहरुलाई माहुरीपालन सम्वन्धि एक हप्ते तालिम समेत प्रदान गरेको अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।  आफुहरुको मागलाई संस्थाले सम्वोधन गरेकोमा खुसी व्यक्त गर्दै माहुरी पालक कृषक मन वहादुर रानाले आफुहरु व्यवशायिक माहुरीपालनमा लाग्ने बताउनु भयो ।
जिल्ला समन्वय समितिका उप प्रमुख दल बहादुर सिंहले माहुरीपालनका लागि निकै उपयुक्त मानिएको यस स्थानमा प्राप्त सहयोगले किसानहरुलाई आयआर्जनमा टेवा पुग्न विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा भेरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष दीपक राना, पत्रकार महासँघ जाजरकोटका अध्यक्ष बाल कुमार शर्मा, उपाध्यक्ष सहदेव बस्नेत,कार्यपालिका सदस्य लीला गौतम,लगायत स्थानीय समुदायको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया