जनसन्देश खवर सम्बाददाता
कार्तिक १ गते । । नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन जाजरकोटले दशैं विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सदरमुकाम खलंगामा संगठनले शुभकामना आदानप्रदान गरी कार्यक्रम मनाईएको हो ।
विजयादशमि, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको गरिएको संगठनका जिल्ला अध्यक्ष अमरजंग शाहले जानकारी दिनु भयो । कार्यक्रममा नेकपाका माओवादी केन्द्रका स्थायी समिति सदस्य, कालीबहादुर मल्लले शुभकामना व्यक्त गर्दै स्वासथ्यकर्मिहरुले सेवा प्रवाह वाट जनताको मन जित्दै जाने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रम राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन का सह अध्यक्ष टेकराज डिसी,उपाध्यक्ष कमल रावल, नेकपा माओबादी केन्द्रका प्रदेश समिति सदस्य अमर सिंह राठौर आभास, कार्यालय सचिव प्रताप जैशी लगायतले शुभकामना व्यक्त गर्नु भएको कार्यक्रमको सन्चालन योगेश्वर बस्नेतले गर्नु भएको थियो ।

जनसन्देश खबर । १ कार्तिक २०८०, बुधबार ११:५९