कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनिन् कालिकोटकी मोनिका

जनसन्देश सम्बाददाता
सुर्खेत, कार्तिक १ गते
प्रेस विज्ञप्ति
अन्तर्राष्ट्रिय बालिका दिवस (अक्टोबर ११) को सन्दर्भमा आज कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले १ दिनका लागि कालीकोट बाट प्रतिनिधित्व गरेकी बालिका मोनिकालाई आफ्नो पदभार हस्तान्तरण गर्नुभयो । पदभार ग्रहण गर्दै मोनिकाले मन्त्रालयले गर्ने कार्य तथा जीम्मेवारीहरुबारे जानकारी लिनु भयो । उक्त अवसरमा उहांले सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवाली र शिक्षा अधिकृत बलवीर सुनारमार्फत सम्बन्धित महाशाखाका कामबारे जानकारी लिनुभयो ।

१ दिनका लागि सामाजिक विकास मन्त्री बनेकी मोनिकाले हाल मन्त्रालय मार्फत भईरहेका कार्यहरु सम्बन्धित महाशाखाले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उक्त निर्देशनलाई सम्बन्धित अधिकारीहरुले कार्यान्वयनमा अगाडी बढाउने प्रतिबद्धता गर्नुभयो ।

सोही अवसरमा मोनिकाले कालिकोटमा अझै सम्म पनि यस वर्षको कक्षा ११ को पढाई शुरु नभएको गुनासो आएको र प्रतिस्पर्धात्मक रुपमा सिक्ने अवसर सुनिश्चित गर्न के कसरी काम गर्न सकिन्छ भनी सम्बन्धित महाशाखालाई प्रश्न गर्नुभयो । सो प्रश्नको जवाफ दिदै शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा शैक्षिक सूचकहरु अन्य प्रदेशहरुको तुलनामा कम रहेको र उल्लेखित समस्याहरुलाई कम गर्न माननीय मन्त्री ज्यूको अगुवाईमा कार्यान्वयन गर्न सकिने प्रतिबद्धता गर्नुभयो ।
साथै मोनिकाले “विभिन्न सर्वेक्षणले कर्णालीमा बालविवाह उच्च रहेको र यसले व्यक्तित्व, सिप तथा जिवन जिउने कला सिक्न बाधा गरिरहेको हुनाले बालिकाहरुलाई गुणस्तरीय शिक्षाको अवसर प्राप्त हुने वातावरण सिर्जना गर्न अनुरोध गर्नुभयो । त्यसैगरी, कर्णालीमा महिनावारीको समयमा छाउपडीमा बस्नुपर्ने र विभेद गरिने एकदमै पिडादायी अवस्थाबाट मुक्ति पाउन चाहन्छौं र यसमा मन्त्रालयले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्लान इन्टरनेशनल नेपालको पश्चिम क्षेत्रीय कार्यालयका प्रबन्धक मीना कुमारी पराजुली भन्नुहुन्छ, “गल्र्स टेक ओभर किशोरीहरूलाई सशक्त महसुस गराउन, उनीहरूका रोल मोडेलसँग साक्षात्कार गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्नका लागि एक उत्कृष्ट अवसर हो ।”

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले बालिकाहरुको क्षमता र नेतृत्व विकासको लागि यो अवसर मिलाउन प्रयत्न गरेकोमा प्लान ईन्टरनेशनल नेपाललाई धन्यबाद दिदै अहिले मोनिकाको व्यक्तित्व प्रभावशाली रहेको र स्वयंले यसलाई निरन्तरता दिई उदाहरणिय बनिरहनका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै माननीय सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले मोनिका जस्तै लाखौं प्रतिभालाई जन्म दिनुहोस् भन्ने शुभेक्षा व्यक्त गर्नुुभयो । साथै जिवनमा आफ्नो निर्धारित लक्ष्यमा पुग्न मुलबाटो नछोडी निरन्तर लागिरहन अनुरोध गर्दै मोनिकालाई भविष्यको सामाजिक विकास मन्त्रीको रुपमा देख्न पाईयोस् भन्ने आशा व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।”

किशोरीहरुको नेतृत्व क्षमता विकास र उनीहरुको जीवनको वृहत लक्ष्य निर्धारण गर्न उत्प्रेरित गर्ने उद्धेश्यले अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा प्लान ईन्टरनेशनल नेपाल र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको १ दिने पदभार ग्रहण गर्नुभएकी नरहरीनाथ ३ कालिकोटकी १७ वर्षिया मोनिकाले मन्त्रालयको अनुभव र कर्णालीका बालिका एवं किशोरीहरुका सवालहरुलाई यहांहरु समक्ष राख्नका लागि जीम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा धन्यबाद व्यक्त गर्नुभयो । यसले मलाई म र मजस्ता बालिकाहरुलाई आफ्नोे लक्ष्यमा अझ लगनशिल भएर लाग्नमा प्रेरित गर्ने छ । यस्तो सहज एवं आत्मविश्वासपूर्ण वातावरणमा सहजीकरण गर्नुभएकोमा संलग्न सबैप्रति आभार व्यक्त गर्नुभयो ।

धन्यबाद

अवधारणा
हरेक वर्ष ११ अक्टोबरमा ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाउने गरिएको छ । प्लान इन्टरनेशनलको द्यभअबगकभ क्ष् बm ब नष्च िअभियानको पैरवीका कारण सन् २०११ मा संयुक्त राष्ट्र संघले हरेक वर्ष अक्टोबर ११ लाई बालिका दिवस घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०१२ देखि संसारभर मनाउन थालिएको हो । बालिका दिवस सुरु भएको एक दशक पुरा भएको सन्दर्भमा यस वर्ष अझ विशेष बनेको छ । समाजमा जकडिएको लैंगिक विभेदका कारण बालकको तुलनामा बालिका तथा किशोरीहरू बढी विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने भएकोले यो दिवसको परिकल्पना गरिएको हो । यस वर्षको बालिका दिवसको नारा बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी रहेको छ ।

गर्ल्स टेक ओभर अभियान
बाल अधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तिकरणको एक नियमित अभियान हो । नेपालमा बालिका केन्द्रित विभिन्न नागरिक समाजहरूसँगको हातेमालोमा विगत झैं यस वर्ष पनि संघीय र जिल्लास्तरमा ३न्ष्चकित्बपभइखभच अभियानलाई निरन्तरता दिने भएको छ । यस वर्ष संघीयस्तरका संघसंस्थाहरूका साथसाथै जुम्ला, कालिकोट, डोल्पा, धनुषा, सिन्धुली, सुर्खेत जिल्लामा अक्टोबर र नोभेम्बर महिनामा विभिन्न सरकारी निकाय, सघंसंस्था, मिडिया, दुताबास, शैक्षिक संस्था लगायतमा प्रमूख व्यक्तिको कार्यभार एक दिनका लागि एक किशोरीलाई हस्तान्तरण गरिने छ ।

“गल्र्स टेकओभर एक उत्कृष्ट अवसर हो जसले बालिका तथा किशोरीहरूलाई निर्णायक भूमिकामा राखि उनीहरूको विचार तथा जीवनमा भोगेका चुनौतिका बारेमा जानकारी लिन संघ संस्थाहरूलाई अवसर प्रदान गर्दछ । यसले बालिका तथा किशोरीहरूका साझा सवालमा निर्णायककर्ता, नेता तथा परिर्वतनका संवाहकहरूको दृष्टिकोण परिवर्तन गर्दछ,” प्लान इन्टरनेशनल नेपालको पश्चिम क्षेत्रीय कार्यालयका प्रबन्धक श्री मिना कुमार पराजुली ।

गत वर्ष कालिकोट, जुम्ला, डोल्पा, सिन्धुली, सुनसरी, बाँके, बर्दिया र मकवानपुरका किशोरीहरूले मेयर र उपमेयरको जिम्मेवारी सम्हालेका थिए । प्रायः यस अभियान अन्तर्गत विभिन्न जिल्लाका किशोरीहरूले स्थानीय, जिल्ला र सङ्घीयस्तरका प्रमुख तथा उपप्रमुखको भूमिका निर्वाह गर्छन् ।

प्लान इन्टरनेशनल नेपालको पश्चिम क्षेत्रीय कार्यालयका प्रबन्धक मीना कुमारी पराजुली भन्नुहुन्छ, “गल्र्स टेक ओभर किशोरीहरूलाई सशक्त महसुस गराउन, उनीहरूका रोल मोडेलसँग साक्षात्कार गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्नका लागि एक उत्कृष्ट अवसर हो ।”

गल्र्स टेक ओभर देशभरका ७ जिल्लामा ५० जना किशोरीहरूले विभिन्न संस्थाहरूमा ५० पदको नेतृत्व लिनुहुनेछ । पदभार ग्रहण कार्यक्रम ११ अक्टोबर २०२३ देखि सुरु हुनेछ । जिल्ला, प्रदेश, संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रहि किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल हुनेछ ।

यो बर्ष प्लान इन्टरनेशनलको किशोरीहरुको अवस्थासम्वन्धि विश्वव्यापी प्रतिवेदन “स्टेट अफ द वल्र्ड्स गल्र्स रिपोर्ट” पैरवी र वकालत कार्य (एक्टिभिजम) मा केन्द्रित छ । यो प्रतिवेदनले सन् २०२३ मा अभियन्ता हुँदा किशोरी र युवा महिलाले कस्तो महसुस गरे, उनीहरुलाई कसरी व्यवहार गरियो, के आफूलाई सुरक्षित महसुस गरे तथा उनीहरुलाई आफ्नो काममा लाग्न केले प्रेरित ग¥यो भन्ने जस्ता सवालहरुमा एक हजार भन्दा बढी सहभागीबाट फराकिलो र विशिष्ट प्रकारको जानकारी प्रदान गरेको छ । यसलाई किशोरी र युवा महिला अभियन्तासम्वन्धि अहिलेसम्मकै एक ठूलो अनुसन्धान मानिएको छ, जून एउटा उदाहरणीय अनुसन्धान हो ।

प्लान इन्टरनेशनल नेपालको बारे
प्लान इन्टरनेशनल बालबालिकाको अधिकार र किशोरीहरूको समानताका लागि क्रियाशील विकास र मानवीय सहायतासम्बन्धी एक स्वतन्त्र संस्था हो । बालबालिकाको शक्ति र सामथ्र्यमा विश्वास गर्दै किशोरी र बालिका केन्द्रित कार्यक्रम यस संस्थाले ८० वर्षदेखि संसारभर आवाज उठाउँदै आइरहेको छ । हाल संसारका ७५ देशमा क्रियाशील प्लान इन्टरनेशनल नेपालमा भने विगत ४५ वर्ष देखि कार्यरत रहेको छ । बालिका अधिकारका लागि स्थानीय, संघीय हुँदै विश्वस्तरमा यस संस्थाले आवाज उठाउँदै आइरहेको छ ।

थप जानकारीका लागि सम्पर्क
सृजना बज्रचार्य

तपाईको प्रतिक्रिया