पाँचपुर्णीमा मेलामा ५० हजार राशी पुरुस्कारको भलीबल प्रतियोगिता

 

जनसन्देश सम्बाददाता
जाजरकोट कात्तिक १२ गते । जाजरकोटको भेरी नगरपालिका १ रावतगाउँमा लाग्ने पाँच पुर्णिमा मेलामा ५० हजार राशी पुरुस्कारको भलीबल प्रतियोगिता सन्चालन भइरहेको छ । परम्परा देखि लाग्दै आएको मेलामा यस वर्ष युवाहरुले उक्त राशीको भलीवल प्रतियोगिताको आयोजना गरेका हुन । प्रतियोगितामा जम्म १७ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ । उक्त भलीवल प्रतियोगितको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषध्यक्ष बीर वहादुर बस्नेत र कुशे गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया