
जाजरकोट, साउन २६ गते । आँखा पाक्ने (कन्जक्टिभाइटिस एनिडो भाइरस) रोगको प्रकोप बढेपछि जाजरकोटका विद्यालय बन्द भएका छन् । आँखा पाक्ने रोगका कारण विद्यार्थी अनुपस्थित हुन थालेपछि केहि दिन सम्मका लागि विद्यालय बन्द गरिएकोछन । त्रिभुवन माध्यमिक विद्यालय खलंगाका प्रधानाध्यापक भक्तबहादुर मल्लले प्रकोप वढे सँगै केहि दिन सुरक्षाका लागि विद्यालय वन्द गरिएको बताउनु भयो ।
संक्रमण तीव्र गतिमा फैलिएको र संक्रमित बालबालिकाबाट अन्य विद्यार्थीमा पनि सर्ने खतरा देखिएपछि । नगरपालिकासँग समन्वय तीन दिनका लागि विद्यालय बन्द गरिएको बताउनु भयो गरेर विद्यालय बन्द गरिएको प्रअ मल्ललको भनाई छ ।
आँखा चिलाउने, रातो हुने, सुन्निने र अन्तमा पाक्ने समस्या देखिने गरेको छ । भेरी नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत १०–१५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ । नेपाल रेडक्रस सोसाईटी आँखा उपचार केन्द्र जाजरकोटका इन्चार्ज प्रदीप जंग शाहले समुदायमा समेत आँखा पाक्ने रोगको प्रकोप फैलिन थालेकोे बताउनु भयो । दैनिक ५०÷६० जना आँखा पाक्ने (कन्जक्टिभाइटिस एनिडो भाइरस) रोगका विरामी उपचारका लागि आउने गरेको शाहको भनाई छ

जनसन्देश खबर । २६ श्रावण २०८०, शुक्रबार ०८:२६