
जनसज्देश सम्बाददाता
जाजरकोट, फागुन १७ गते । दिपेन्द्र प्राथमिक विद्यालय भेरी नगरपालिका १ रावतगाउँको २ कोठे भवनको समुद्घाटन भएको छ । प्रधान मन्त्री स्वरोजगार कार्यक्रम र भेरी नगरपालिकाको आर्थिक सहयोगमा निर्मित २ कोठे भवनको आज एक समारोहका विच उद्घाटन गरिएको हो ।
भेरी नगरपालिका वडा नं १ का वडाअध्यक्ष दीपक रानाले विद्यालय भवनको समुद्घाटन गर्दै विद्यालयको भौतिक संरचना सँगै आव गुणस्तरीय पठन पाठनमा जोड दिन आग्रह गर्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधुकर नेपालीले यस विद्यालयको भौतिक संरचना निर्माणमा खेलेको भुमिकाको उहाँले उच्च प्रशंसा समेत गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रममा विद्यालयको तर्फ वाट वडाअध्यक्ष दीपक रानालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासँघ जाजरकोटका का उपाध्यक्ष एवं यार्सन जाजरकोटका जिल्ला कार्यक्रम संयोजक सहदेव बस्नेतले विद्यालयले नमुना २ कोठे भवनको निर्माण सँगै पुर्वाधारको समस्या समाधान भएको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधुकर नेपालीले आफुले यस विद्यालय निर्माणका लागि नगरपालिका, वडा कार्यालय देखि प्रदेस काविभिन्न मन्त्रालयमा गएर पहल गरेको बताउनु भयो । आफुले विद्यालयको विकासको लागि रात दिन खटेर पहल गरेको समेत अध्यक्ष मधुकरले बताउनु भयो ।
कार्यक्रममा कार्यपालिका सदस्यहरु, वडासदस्य, राजनितिक दलका प्रतिनिधि, शिक्षक, विव्यस लगायत अभिभावकहरुको सहभागिता रहेको थियो ।




जनसन्देश खबर । १७ फाल्गुन २०८०, बिहीबार १२:४२