जाजरकोट भूकम्प प्रभावित पालिका विपद संकटग्रस्त क्षेत्र घोषणा

जनसन्देश सम्बाददाता
जाजरकोट, फागुन १४ गते । सरकारले जाजरकोट भूकम्पबाट धेरै क्षति ब्यहोरेका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १७ कात्तिकको भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयो । यस अघि जाजरकोट भुकम्प पिडित तथा अन्य सरोकारवालाहरुले भुकम्प प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया