
जनसन्देश सम्बाददाता
जाजरकोट, चैत २५ गते । जाजरकोटमा यस पर्ष शैक्षिक शत्र सुरु हुनु अघिनै पाठ्यपुस्तक पुगीसकेका छन । शैक्षिक शत्र सकीदा समेत पाठ्य पुस्तक विद्यार्थिका हातमा नपर्ने यस जिल्लामा यस वर्ष भने यस समयमै कक्षा १ देखी १० सम्मका पाठ्यपुस्तक पुगेका हुन ।
विद्यालयहरुले नयाँ शैक्षिक शत्रका लागि भर्ना अभियान चलाइरहेका वेला पाठ्यपुस्तक जिल्लामा पगेका हुन । जाजरकोटमा विगतका बर्षहरुमा समयमै पाठ्यपुस्तक नपुग्दा निकै समस्या हुने गरेको थियो ।
जनक शिक्षा सामग्री केन्द्र जाजरकोटका अधिकृत विक्रेता राजेन्द्र एण्ड देवेन्द्र पुस्तक पसलका संचालक देबेन्द्र प्रशाद शर्माले जिल्ला सदरमुकाममा आइपुगेका पाठ्यपुस्तकहरु एक दुई दिनमा विद्यालयहरुमा ढुवानी हुने जानकारी दिनुभयो । शैक्षिक शत्र शुरु हुदा यस बर्ष सवै विद्यार्थिहरुले पुस्तक हातहातमा पाउने शर्माको भनाई छ ।
शिव माध्यमिक विद्यालय भेरी नगरपालिका १ कालेगाउँका प्रधानाध्यापक उत्तर वहादुर वटाला समयमै पाठ्यपुस्तक पुग्नु विद्यालय र विद्यार्थिका लागि निकै सकारात्मक रहेको बताउनु भयो । गत वर्षहरुमा २,३ महिना वित्दा समेत विद्यार्थिहरुको हातमा पाठ्यपुस्तक नपाउने गरेको उहाँले स्मरन गर्नु भयो ।
शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका तिलक प्रशाद भट्टराइले यस वर्ष समयमै पाठ्यपुस्तक जिल्लामा पुगी सकेको बताउनु भयो । यसरी जिल्लामा आइपुगेका पाठ्यपुस्तक सातवटै पालिकामा पठाउनका लागि सवैलाई जानकारी गराइएको भट्टराइको भनाई छ ।
नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले समयमै पाठ्यपुस्तक विद्यार्थिहरुका हाहतहातमा पुर्याउनु राज्यको शिक्षाा प्रतिको सकारात्मक कदम मान्नु पर्ने बताउनु हुन्छ

जनसन्देश खबर । २५ चैत्र २०८०, आईतवार १३:३९