
जनसन्देश सम्बाददाता ,
जाजरकोट, चैत २१ गते । नेकपा एमाले जाजरकोटले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । मंगलबार सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एमाले जाजरकोटले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको हो ।
प्रचार विभागको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख नर बहादुर बस्नेत ९एनबी० ले सातौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेका थिए । कला, संस्कृति र सम्पदाले सम्पन्न जाजरकोट जिल्लाको परिचयलाई झल्काउने जगतिपुरको ऐतिहासिक बायुघट्ट, ऐतिहासिक जाजरकोट दरबार, शिवालय मन्दीर, जाजरकोट जिल्लाका उत्तरी भागमा बास स्थान भएको विश्वकै दुलर्भ रेडपाण्डा, कस्तुरी लगाएतका वन्यजन्तु, जाजरकोट जिल्लामा पाईने विश्वकै दुलर्भ सुनगिद्ध, चिरकालिज, जलेवा लगाएतका पन्छीहरु, राष्ट्रिय फुल लालिगुराँस, बहुमल्य जडिवुटी लगाएतका वनस्पतिहरुलाई सातौं जिल्ला अधिवेशनको लोगोमा समावेश गरिएको विभाग प्रमुख एनबी बस्नेतले जानकारी दिए ।
सार्वजनिक गरिएको सातौं जिल्ला अधिवेशनको लोगोले नेकपा एमाले राष्ट्रियताको पक्षमा, राष्ट्रिय हितमा महत्वपूर्ण योगदान गर्ने पार्टीका रुपमा परिचित गरेको प्रचार विभाग प्रमुख बस्नेतले भनाई राखेका थिए । यही चैत २५ गतेदेखि २७ गतेसम्म जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको सातौं जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा वलीले गर्ने तयारी गरिएको बस्नेतले बताए ।
सातौं जिल्ला अधिवेशनलाई सफल बनाउन अहिले जिल्ला अधिवेशन प्रतिनीधि छनौट गर्ने काम भईरहेको नेता बस्नेतले बताए । वडालाई केन्द्र बनाएर ३५ जना सदस्य बराबर एक जना अधिवेशन प्रतिनीधि छनौट गर्ने, ५१ प्रतिसत सदस्य बराबर २ जना प्रतिनीधि छनौट गर्ने, ७५ प्रतिसत सदस्य बराबर ३ जना प्रतिनीधि छनौट गर्ने विधि निर्माण गरिएको बताउदै नेता बस्नेतले ३३ प्रतिशत महिला प्रतिनीधि अनिवार्य गरिएको बताए । समावेशी तर्फ पालिकालाई केन्द्र बनाएर २५ जना सदस्य बराबर १ जना दलित प्रतिनीधि, २० जना सदस्य बराबर १ जना जनजाति प्रतिनीधि छनौट गर्ने प्रावधान राखिएको बस्नेतले जानकारी दिए ।

जनसन्देश खबर । २१ चैत्र २०८०, बुधबार ०७:२६