उद्यमशिलता विकासका लागि सामाजिक विकास कार्यालयको ३ महिने तालिम सम्पन्न

जनसन्देश सम्बाददाता
जाजरकोट वैशाख १६ गते । सामाजिक विकास कार्यालय जाजरकोटले युवाहरु लाई स्वरोजगार वनाउनको लागि २ महिने( ३९० घण्टा) हाउस वाइरीङ्ग तालिम सम्पन्न गरेको छ । ७ वटै पालिकाका गरि २२. जना सहभागिहरुलाई कार्यालयले ३ महिने तालिम सम्पन्न गरेको तालिम संयोजक प्रा.स. जगगीश न्यौपाने जानकारी दिनु भयो ।
सामाजिक विकास कार्यालयका प्रमुख यज्ञश्वर खत्रीले युवाहरु लाई उद्यमशील वनाई स्वरोजगार गराउने उद्येस्यका साथ तालिम सन्चालन गरिएको जानकारी दिनु भयो ।
तालिम समापनको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख काली वहादुर खत्रीले तालिममा सीकेको कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो । सरकारले लागानि गरेर तालिम प्रदान गरेकाले यसको उपलव्धि लिन यूवाहरुलाई प्रमुख खत्रीले आग्रह गर्नु भयो ।
तालिम समापन कार्यक्रममा सहभागि प्रशिक्षर्थि हरुले आफुहरुले सीकेको सीपलाई व्यवहारमा उतारी आत्मा निर्भर बन्ने प्रतिवद्धता जनाएका थिए । यस खालको अवसर दिएकोमा कार्यालय प्रति आभार व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया