युएनडीपीको सहयोगमा बन्यो प्रशासनको प्रिफ्याब भवन, सेवा प्रवाहमा सहजता

सहदेव बस्नेत
जाजरकोट, वैशाख २५ गते ।
जाजरकोट भुकम्पका कारण भवनमा क्षति पुगेपछि टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोट सोमवार देखि प्रिफ्याब भवनमा सरेर सेवा प्रवाह सुरु गरेको छ । गत कात्तिक १७ गते भुकम्पले जिल्ला प्रशासनको भवन क्षतिग्रस्त बनाएपछि सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । भुकम्प पछि अस्थायी टेन्ट र त्रिपालबाट सेवा संचालन भैरहेको थियो ।
सोमवार एक कार्यक्रमका विच युएनडीपीका उपआवासिय प्रतिनिधी विजय सिंहले जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई भवन हस्तान्तरण गर्नु भएको हो । ६९ लाख ५१ हजार ६ सय ५५ रुपियाँको लागतमा निर्माण भएको भवनको प्राविधिक तथा आर्थिक सवै सहयोग युएनडीपीले गरेको हो।


प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडीपी)को सहयोगमा प्रिफ्याक भवन बनेपछि कार्यालय संचालनमा सहजता आएकोे बताउनु भयो । भवन नहुँदा सेवा प्रवाहमा निकै समस्या थियो , सेवाग्राही उभिन र हामी बस्न समेत राम्रो सँग पाएका थिएनौ आचार्यले भन्नु भयो । युएनडीपीले ६ कोठे प्रिफ्याव भवन बनाईदिएकोमा प्रजिअ आयार्यले युएनडीपीलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
यो भवन आगो नलाग्ने, तापक्रम लाई नियन्त्रणमा राख्न सक्ने र भुकम्प प्रतिरोधी भवन रहेको जानकारी गरायएको थियो । युनएनडीपीका उपआवासिय प्रतिनिधी विजय सिंहले विपदको सामाना सवै मिलेर गर्नु पर्ने बताउँदै भुकम्पका कारण भवनमा क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहमा समस्या देखिएपछि सहयोग गरिएको बताएउनु भयो ।
युएनडीपीले जिल्ला प्रशासन कार्यालयका साथै जिल्लाकै नलगाड नगरपालिकामा इलाका प्रहरी कार्यालय भवन, बारेकोट गाँउपालिकामा कृषि र पशु कार्यालयका भवन, रुकुम पश्चिमका आठविसकोटमा इलाका प्रहरी कार्यालय भवन र आठवीसकोटकै १४ नम्बर वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको प्राविधिक विरेन्द्र बटालाले जानकारी दिनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले भवन निर्माणमा भुमिका खेलेकोमा युएनडीपीलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

आचार्यलाई सम्मान

भवन हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले युएनडीपीलाई प्रसंसापत्र प्रदान गरेको छ । युनडीपीका कार्यक्रम अधिकृत मनराज आचार्यलाई भुकम्प पश्चात जिल्ला विपद व्यवस्थापन समितिको सचिवालयमा रहेर सम्पर्क समन्वय तथा तथ्मयँक व्यवस्थापन उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया