सामाजिक विकास कार्यालयले तयार गर्यो १३ वटै वडाका लागि सामाजिक अभियान्ता

सहदेव बस्नेत
जाजरकोट,वैशाख २५ गते । सामाजिक विकास कार्यालय जाजरकोटले १३ वटै वडाका लागि सामाजिक अभियान्ता तयार पारेको छ । १३ वटै वडा वाट २ जनाका दरले अभियान्ताहरु सहभागि गराई दुई दिन सम्म प्रशिक्षीत गराएर कार्यालयले अभियान्ता तयार पारेको हो । कार्यालयको सभाहलमा यहि वैशाख २३ र २४ गते संचालीत तामिमा सामाजिक विकृतिहरु लाई न्युनिकरनका लागि खेल्नु पर्ने भुमिकाका वारेमा ८ जना विभिन्न विषयका प्रशिक्षकहरु मार्फत सहजिकरन गराईएको थियो ।
सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले प्रदेश प्रमुख सामाजिक रुपाण्तरन कार्यक्रम अन्तरगत भेरी नगरपालिकका १३ वटै वडाका अभियान्ताहरु लाई तालिम प्रदान गराई अभियान्ताको रुपमा परिचालन गरिएको बताउनु भयो । अव वडामा हुने विभिन्न सामाजिक असभयानमा ति अभियान्ताहरुको सहभागिता रहने कार्यालय प्रमुख खत्रीले जानकारी दिनु भयो ।
तालिम समापन कार्यक्रममा सहभागि भेरी नगरपालिकाका उप प्रमुख सीता जैशीले अभियान्ताहरुलाई आआफ्नो वडामा हुने सामाजिक विकृतिका विरुद्ध डटेर परिचालन हुन आग्रह गर्नु भयो । तालिमले अभियान्ता तयार गरेर अभियानमा परिचालन गर्न सफल भएको मुख्य प्रशिक्षक राजेन्द्र विक्रम शाहले विश्वास व्यक्त गर्नु भयो ।


तालिम संयोजक एवं सामाजिक विकास कार्यालयका प्रास जगदीश न्यौपानेले सीकेका कुराहरुलाई अभियान्ताहरुले आआफ्नो गाउँ समाजमा लागु गर्ने विश्वास व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया