
सहदेव बस्नेत
जाजरकोट, जेठ १७ गते । जाजरकोटमा गणतन्त्र दिवस–२०८१ विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । जस अन्तरगत पहिलो दिन भेरी नगरपालिका–१ कालेगाउँ स्थित शिवालय मन्दीर परिसर सरसफाई गरीएको थियो । १७ औं गणतन्त्र दिवसको मुल समारोह समितिका सदस्य सचिव तथा जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खडक बीसीका अनुसार दोस्रो दिन खलंगाको ठाटी बजारदेखि प्रभातफेरी कार्यक्रम गैरीखाली पुगेर कोणसभामा परिणत भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा आयोजना गरिएको कोणसभामा राजनितिक दलका प्रतिनिधिहरुले आ–आफ्नो धारणा सहित १७ औ. गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका दिए ।
कार्यक्रममा जनप्रतिनीधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, प्रमुख जिल्ला अधिकारी सहित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनीधि, नेपाल प्रहरी, सशस्त्र प्र
हरी, नागरिक समाजका प्रमुख तथा प्रतिनीधि, गैरसरकारी सँघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।
१५ गते नै जिल्ला कारागारमा रहेका बन्दी÷कैदीहरुलाई भेरी नगरपालिकाको आर्थिक सहयोगमा खेलकुदका सामाग्री सहित अध्ययन सामाग्री तथा पुस्तक हस्तान्तरण तथा टिभी हस्तान्तरन गरिएको थियो । त्यस्तै भेरी नगरपालिका शिक्षा साखाको आयोजनामा लागु औषध दुव्र्यशनी नियन्त्रण सम्वन्धि खुला हाजिरी जवाफ प्रतियोगिता समेत सम्पन्न गरिएको थियो ।
त्यसै गरि १६ गते जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको मुल समारोह समितिले जानकारी दिएको छ ।




जनसन्देश खबर । १७ जेष्ठ २०८१, बिहीबार ०७:२६