
जनसन्देश सम्बाददाता
जाजरकोट, जेठ ३१ गते । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति जाजरकोटले भूकम्प प्रभावित बिद्यालयका बालबालिकाहरुलाई शैक्षीक सामाग्री सहयोग गरेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीइ ) नेपाल को आर्थिक सहयोगमा भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका एक सय विद्यार्थिहरुलाई झोला, कापी र कलम वितरन गरिएको छ । जाजरकोटको भेरी नगरपालिका २ को जनता प्राथमिक विद्यालय पुरानो रीसाङ्ग र रुकुमपश्चिमको आठबीसकोट नगरपालिका ९ को कमल आधारभुत विद्यालयका हर्दिगाउँका बालबालिकाहरु लाई सहयोग गरिएको हो ।
दूवै विद्यालयमा पुगेर शिक्षाका लागि राष्ट्रिय अभियान ( एनसीइ ) नेपालका कर्णाली प्रदेश सह — संयोजक खम्व जंग शाह, जिल्ला समिति जाजरकोटका संयोजक सहदेव बस्नेत र सचिव मोति वलीले हस्तान्तरन गर्नु भएको थियो । दूवै विद्यालयको सामाग्री हस्तान्तरन कार्यक्रममा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति , अभिभावक तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जनता प्राथमिक विद्यालय भेरी २ का विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर खड्का ले यस अभियानले आफुहरुलाई सहयोग गरेकोमा निकै प्रशंसा गर्नु भयो । आफुहरु जस्तो विकट स्थानमा रहेको विद्यालयका बालबालिकाहरु लाई सहयोग गरेकोमा निकै आफुहरु तथा विद्यार्थिहरु प्रभावित भएको प्रधानाध्यापक माव कार्कीले बताउनु भयो ।
कमल आधारभुत विद्यालय हर्दिगाउँका प्रधानाध्यापक मान बहादुर चन्दले विद्यालयका बालबालिकाहरु लाई सम्झेर यहाँ सम्म पुगेर विद्यालय र बालबालिकालाई गरेको सहयोग प्रति आफु निकै आभारी रहेको बताउनु भयो ।
प्रदेश सह — संयोजक खम्व जंग शाहले भूकम्प प्रभावित विद्यालयका बालबालिकाहरुका लागि सानो शैक्षीक सहयोग गर्न पाएकोमा आफुहरु पनि निकै सन्तुष्ट रहेको बताउनु भयो । अभियानका जिल्ला समिति संयोजक सहदेव बस्नेतले शिक्षाका विभिन्न सवालहरुमा काम गर्दे आएको यस अभियानले केन्द्रको सहयोगमा भूकम्प प्रभावित विद्यार्थिहरु लाई शैक्षीक सामाग्री सहयोग गरेको बताउनु भयो ।




जनसन्देश खबर । ३१ जेष्ठ २०८१, बिहीबार ०९:३३