
जाजरकोट समाचारदाता
जंगली च्याउको तरकारी खाँदा जाजरकोटमा छोराको मृत्यु भएको छ भने आमा सिकिस्त विरामी परेकी छन् । विषालु च्याउ खाँदा जिल्लाको बारेकोट गाँउपालिका ४ का १८ बर्षिय तुलबहादुर सार्कीको मृत्यु भएको हो । मृतककी ५० बर्षिया आमा किविली सार्की सिकिस्त विरामी परेकी छन् ।
आमा, छोराले जंगलबाट ल्याएका च्याउको तरकारी खाएका थिए । च्याउको तरकारी खाए लगत्तै आमाछोरा वेहोस भएको र केही समयमै छोराको मृत्यु भएको बारेकोट गाँउपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । आमा किविलीको स्थानिय लिम्सा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । उनलाई थप उचारका लागि दल्ली अस्पतालमा लैजाने तयारी भैरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । जंगलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभावी नखान गाँउपालिका अध्यक्ष गिरीले स्थानियलाई आग्रह गरेका छन् ।

जनसन्देश खबर । ३० श्रावण २०८०, मंगलवार १०:०८