जाजरकोट समाचारदाता
जाजरकोट जिल्लाको छेडागाड नगरपालिकामा क्रियाशिल नागरिक समाज संजालका पदाधिकारीहरु र सदस्यहरु सहित २८ जनालाई २ दिने क्षमता अभिबृद्धि सम्बन्धी तालिम सम्पन्न गरिएको छ । उक्त क्षमता अभिबृद्धि तालिममा बालबालिका सम्बन्धी बिभिन्न ऐन नियमहरु, संबिधानमा भएका ब्यबस्थाहरु, बाल अधिकार संरक्षण तथा प्रर्बद्र्धन गर्नका लागी नागरिक समाजको काम कर्तब्य, भुमिकाको बारेमा सहभागीहरुलाई अभिमुखिकरण गरिएको थियो । साथै सार्बजनिक सेवा प्रबाहलाई थप ब्यबस्थित, चुस्तदुरुस्त गर्न गराउने काममा नागरिक समाजको भुमिकाको बारेमा पनि तालिममा सहजीकरण गरिएको थियो । उक्त तालिम पाँचतारा युवा संरक्षक मन्च जाजरकोटको सहजीकरण तथा सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राबिधिक सहयोगमा आयोजना गरिएको थियो ।
नगरपालिका स्तरमा बालबालिकाहरुका सवालहरुलाई प्रभाबकारी रुपमा सम्बोधन गर्न, सार्बजनिक सेवा प्रबाहलाई चुस्तदुरुस्त गर्न गराउन र सबै नागरिकका पहु‘चमा सार्बजनिक सेवा अभिबृद्धि गर्न र नागरिक समाजको भुमिकालाई बढाउनका लागी मान बहादुर शाहीको संयोजकत्वमा १७ सदस्यीय पालिका स्तरमा नागरिक समाज संजालको पुर्नगठन गरिएको छ । उक्त संजालमा छेडागाड नगरपालिकाका १३ वटै वडाहरुबाट समेटिने गरी पदाधिकारी सहित सदस्यहरुको छनौट गरिएको थियो । जस्मा रामप्रसाद शर्मा उपसंयोजक, देबी थापा कोषाध्यक्ष, नरेश थापा सचिब र अन्य प्रत्येक वडाहरुबाट १÷१ जना रहने गरी सदस्यहरु छनौट गरिएको थियो । साथै नागरिक समाज संजालको कार्यबिधी पनि पारित गरिएको थियो । अन्त्यमा सबै सहभागीहरुले आगामी दिनमा बालबालिकाहरुका बिषयहरु तथा सवालहरुलाई प्रभाबकारी रुपमा सम्बोधन गर्न र सार्बजनिक सेवा प्रबाहलाई आम नागरिकको पहु‘चमा पुरयाउनका लागी आआफनो तर्फबाट प्रभाबकारी रुपमा भुमिका बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
नागरिक समाज संजालले स्थानिय सरकार र सबै नागरिक बिचमा मध्यस्थकर्ताको रुपमा काम गर्नुपर्ने, आम नागरिकको समस्याहरु समाधान गर्न, सुशासन कायम गर्नमा आफनो शसक्त भुमिका निर्बाह गर्नुपर्ने भन्दै पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका कार्य समिती सदस्य एबंम नागरिक अगुवा गिता शाहीले आफनो धारणा राख्नुभएको थियो ।
नागरिक समाजले नागरिकका दबेका आवाजहरु बुलन्द गर्ने छ, सबैसंग सहकार्य तथा समन्वय गरी सबै नागरिकको पक्षमा काम गर्नेछ र आगामी दिनमा नागरिक समाजले आफनो भुमिका बढाउने छ भन्दै स्थानिय समाजसेबी पूर्ण ब। गिरीले आफनो शुभकामना मन्तब्य राख्नुभएको थियो ।

जनसन्देश खबर । ३० श्रावण २०८०, मंगलवार ०९:५८