
जनसन्देस सम्बाददाता
जाजरकोट, असोज ६ गते । भुकम्प प्रभावितका अस्थायी आबासहरुको संयुक्त अनुगमण पछि हस्तान्तरण गरिएको छ । भेरी नगरपालिका वडा नं। १, ३ र ४ मा निर्माण गरिएका ३)) अस्थायी आबासको सनिबार संयुक्त अनुगमन पछि सम्बन्धित वडा र नगरपालिका लाइ हस्तान्तरण गरिएको थियो ।
सिआरएस नेपालको आर्थिक सहयोगमा युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोट संगको समन्वयमा कारितास नेपालद्धारा संचालित ‘जाजरकोट भुकम्प पुनर्लाभ परियोजना जेइआरपी २’ भेरी नगरपालिका वडानं १ मा २२६ वडानं ३ मा ४४ र वडा नं। ४ मा ३) गरी जम्मा निर्माण गरेका ३)) वटा अस्थायी आबासको संयुक्त अनुगमन गरिएको थियो ।
जिल्ला समन्वय समिति, जाजरकोट प्रमुख काली बहादुर खत्री, उपप्रमुख दल बहादुर सिंह, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख, वडा अध्यक्ष दिपक राना, बसन्त प्रशाद शर्मा, भेरी नगरपालिका बीपद शाखा प्रमुख यज्ञ गौतम, परियोजना व्यवस्थापक तथा प्रमुखहरु सहितको संयुक्त टोलीले राउतगाउँ, कोलचौर र पिपेमा निर्माण गरिएका अस्थायी आबास, विद्यालयमा निर्माण गरिएका अस्थायि सिकाई केन्द्र टिएलसी, साना खानेपानी योजनाहरुको अनुगमन गरेको थियो ।
नेपाल सरकारको मापदण्ड भन्दा लम्बाइ चौडाइ बढि भएका अस्थायी आबास स्वस्थकर, वातावरणमैत्री र स्थानीय स्रोतशाधनवाट निर्माण भएको जिल्ला समन्वय प्रमुख काली बहादुर खत्रीले बताउनु भयो।त्यस्तै जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले गत कातिक १७ गतेको भुकम्पले जिल्लाका सबै संरचनालाइ क्षेतिग्रष्त बनाएको बताउदै नीजि अस्थायी आबास र सामुदायिक विद्यालयका सिकाइ केन्द्रहरु निर्माण कार्यमा सरकारलाइ सहयोग गरेकोमा परियोजनालाइ धन्यवाद दिनु भएको थियो । सिंङ्गो जिल्लालाइ पुर्ननिर्माण गर्नुपर्ने आबश्यकता रहेको बताउदै प्रजिअ अधिकारीले पुर्ननिर्माणसम्म सरकारलाइ साथ दिन परियोजनालाइ आग्रह गर्नु भएको थियो ।
अस्थायि आवास निर्माणको डिजाइन तथा लागतको वारे कारितास नेपालका परियोजनाका इन्जिनीयर विकास कर्णले प्रष्ट पार्नु भएको थियो ।
परियोजना मार्फत वडा नं १ मा मात्र दुई चरणमा गरि २(७ वटा अस्थायि आवास २ वटा टिएलसी, २६ वटा खानेपानी सुधार , विद्यालय तथा समुदायमा मनोपरामर्श सहयोगको कार्य गरिएको यार्सन जाजरकोटका अध्यक्ष अमर सिंह राठौ।ले जानकारी दिनु भएको थियो ।
भेरी नगरपालिका १ कोल्चौरकी रीतु विकले आफुहरुलाई हीउँदको चिसो सीरेटोवाट अस्थयि आवासमा सारेको संस्थालाई धेरै धन्यवाद दिनु भएको थियो । आफुहरुका लागि स्थायि आवास सरह भएको रीतुको भनाई रहेको थियो । यार्सन जाजरकोटका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले गत कार्तिक १७ गतेको भूकम्पमा परि यहाँका ३१ जना नागरिकले ज्यान गुमाएको र अधिकाँस घर भूकम्पले ध्वस्त पारेकोले आफुहरुले यस वडालाई लक्षीत गरि अस्थायि आवास निर्माण लगायतका कार्यलाई अगाडि वढाएको बताउनु भयो ।

अस्थायी आबास तथा विद्यालय टिएलसी अनुगमन पश्चात भेरी नगरपालिका–१ कालेगाउँ स्थित शिव माध्यामिक विद्यालयमा अस्थायी आबास हस्तान्तरण तथा सार्वजनिक लेखा परीक्षण गरिएको थियो । औपचारिक रुपमा आयोजना गरिएको कार्यक्रममा घरबास बिहिन भएका गर्भवति, सुत्केरी तथा एकल महिला, दीर्घरोगी, जेष्ठ नागरिकलाइ मंसिर, पुस महिनाको जाडो मौषमको चिसो सिरेटो छल्न निकै कठिन भएको भेरी नगरपालिका–१ का वडा अध्यक्ष दिपक रानाले स्मरण गरेका थिए । ‘जाजरकोट भुकम्प पुनर्लाभ परियोजना जेइआरपी ’ द्धारा अस्थायी आबास निर्माण गर्दा केहि ढिलाइ भएको भएतापनि लाभग्राहीको परिश्रम, खल्तीका पैसा समेत खर्च गरेको हुनाले आज सरकारी अनुदानबाट बनेका अस्थायी आबास भन्दा आबश्यकताका आधारमा निर्माण गरिएका अस्थायी आबास गुणस्तरीय भएको अध्यक्ष रानाले बताउनु भएको थियो। परियोजनाले निर्माण गरेका अस्थायी आबासमा ५–१) बर्षसम्म ढुक्कले बस्न सकिने अध्यक्ष रानको भनाई रहेको थियो ।
गत कातिक १७ गतेको भुकम्पले सवैभन्दा बढि जनधनको क्षेति भएको भेरी नगरपालिका वडा नं। १, ३ र ४ का नागरिकहरुका लागि अस्थायी आबास निर्माण गरेर गुण लगाएको बताउदै वडा नं। ४ का वडा अध्यक्ष बशन्त प्रसाद शर्माले ‘जाजरकोट भुकम्प पुनर्लाभ परियोजना जेइआरपी लाइ धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा नगरपालिकाका तर्फबाट विपद शाखाका प्रमुख यज्ञ गौतम, ले बिपदको समयमा नगरपालिका सँग प्रत्यक्ष समन्वयमा परियोजनाले भूकम्प प्रभावित नागरिक हरुका लागि गरेको योगदानको प्रशंसा गर्नु भएको थियो । वडानं। ३ का वडा सदस्य गुम्बु कुमारी सिंह शाहलेआफ्नो वडावासीको लागि परियोजनाले गरेको कार्यप्रति परियोजनालाइ धन्यवाद सहितको भनाइ राख्नु भएको थियो ।
जाजरकोट भुकम्प गए लगतै खाद्यन्न र गैर खाद्य सामाग्री सहितको राहत वितरण गरेको जानकारी दिदै सिआरएस परियोजना व्यवस्थापक अरुण कुमार शर्माले पहिलो चरणमा २)) अस्थायी आबास निर्माण गरेको जानकारी दिनु भएको थियो । पहिलो चरणको अस्थायी आबास निर्माण निर्माण कार्यबाट हासिल गरेका अनुभवबाट दोस्रो चरणमा निर्माण गरिएका ३)) अस्थायी आबासलाइ सुदृढ गरेको परियोजना व्यवस्थापक शर्माको भनाई थियो। आगामी दिनमा निर्माण गरिने नीजि अस्थायी आबास तथा सामुदायिक बिद्यालयका सिकाइ केन्द्रका भवनहरुलाइ समृद्ध गर्दै जाने योजना रहेको परियोजना व्यवस्थापक शर्माले बताउनु भएको थियो ।

कारितास नेपालका जाजरकोट परियोजना बरिष्ठ अधिकृत शुभम पौडेलले दोस्रो चरणमा निर्माण गरेका ३)) अस्थायी आबासको लागि परियोजनाले जम्मा जम्मी १ करोड (१ लाख (( हजार २(३ खर्च गरेको जानकारी दिनु भएको थियो । सार्वजनिक लेखा परीक्षणमा ३)) अस्थायी आबास निर्माणमा परियोजनाले जस्ता पाता, किला, काँटा लगाएतका सामाग्री सहयोग तर्फ १ करोड १( लाख ७३ हजार ३७४ रुपैया ८४ पैसा, नगद सहयोग ७) लाख (७ हजार ६१८ रुपैया र ढुवानी तर्फ १ लाख २८ हजार ३)) रुपैया १) पैसा खर्च गरेको बरिष्ठ अधिकृत पौडेलले जानकारी दिनु भएको थियो ।

सहभागीका तर्फबाट अस्थायी आबास निर्माण गर्ने वेला हासिल गरेका अनुभवलाइ सुनाउदै पदम बहादुर विश्वकर्माले भुकम्प गए लगतै हिउदको जाडो छल्ने गरी अस्थायी आबास निर्माण गरेर भुकम्प पीडितहरुलाइ राहत प्रदान गरेको विचार राख्दै खुशी व्यक्त गर्नु भएको थियो ।
त्यस्तै सहभागिहरुको तर्फवाट परियोजनाले पुर्ननिर्माणको लागि पनि परियोजना संचालन गरि अस्थायि आवास वनाए जसरी स्थायि आवास बनाईदिनेमा आफुहरु निकै आसाबादी रहेको भनाई राखेका थिए ।







जनसन्देश खबर । ७ आश्विन २०८१, सोमबार ०९:१४