जाजरकोटको नलगाड नगरपालिका सहितका स्थानमा मंसिर १६ गते उप निर्वाचन हुने

जनसन्देश सम्बाददाता
जाजरकोट, भदौ ३१ गते । सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि आइतबार नै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सुझाव दिएका थिए ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको हुने छ । जाजरकोटमा नलगाड नगरपालिका को उपप्रमुख र कुशे गाउँपालिका वडा नं ७ का वडाअध्यक्षको लागि उपनिर्वाचण हुने छ ।

तपाईको प्रतिक्रिया