कालेगाउँका यूवाहरुले गरे भैलो खेलेको रकम मृतक साथीको परीवारलाई सहयोग

सहदेव बस्नेत ।
जाजरकोट, कार्तिक २१ गते । भेरी नगरपालिका १ कालेगाउँका यूवाहरुले तीहारमा देउसी भैलो खेलेर संकलीत रकम वाट आफ्नो मृतक साथीको परीवारलाई सहयोग गरेका छन । यूवाहरुले गत वर्ष सँगै तीहारमा भैलो खेलेको साथीको मंसीर महिनामा मत्यू भएको ले साथीको सम्झना स्वरुप परीवारलाई सहयोग गरेका हुन ।
भेरी नगरपालिका १ का यूवा विशाल वलीको गत मंसीरमा मत्यू भएको र ८ महिना पछि गत भदौ महिनामा विशाल का वुवाको पनि नदीमा बगेर मत्यू भएको घरमा आमा , वहिनी र भाईको लागि दश हजार रुपियाँ सहयोग गरिएको भैलो समुहका अगुवा दीनेस केसीले बताउनु भयो । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका साथीको सम्झना पनि हुने र घर परिवारका लागि केहि सहयोग होस भनेर सहयोग गरेको दिनेसले बताउनु भयो । भैलो खेलेको रकम सीर्जनशील कार्यमा लगाउने उद्येस्यले साथीको परीवारलाई सहयोग गरिएको अर्का यूवा यकदेव रोकायाले बताउनु भयो । गत वर्ष सँगै भैलोखेलेको साथी र साथीको वुवाको आठ महिनाको फरकमा मृत्यू भएको र परीवारका लागि सानो सहयोग होला भनेर आर्थिक सहयोग गर्रिको अर्का यूवा गोपाल चन्दले बताउनु भयो ।


आफुहरुका लागि गाउँका यूवाहरुले १० हजार रुपियाँ सहयोग गरेर ठुलो गुण लगाएको मृतक विशाल वलीका भाई कीरन वलीलले बताउनु भयो । यसरी युवाहरुले गरेको सहयोगलाई स्थानीयले प्रशंसा गरेका छन । भैलो खेलेको रकम यसरी गरिएको सहयोग निकै प्रसंसा योग्य भएको वडा नं १ का वडा सचिव महेन्द्र बस्नेतले बताउनु भयो ।

तपाईको प्रतिक्रिया