बसको ठक्कर वाट जाजरकोटमा यूवकको मृत्यू

जनसन्देस सम्बाददाता
जाजरकोट, मङ्िसर १४ गते । जाजरकोटमा बसको ठककर वाट एक यूवकको मृत्यू भएको छ । आज शुक्रवार बेलुका ७ बजेको समयमा भेरी नगरपालिका १ रावतगाँउ स्थित भेरी करिडोर मा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषेत्तम प्रशाद पाण्डेले डोल्पा बाट नेपालगंज तर्फ जाँदै गरेको गाडिको ठक्कर वाट नलगाड.१ चिउरी बस्ने बर्ष ३७ का सुरेश महरको मृत्यू भएको जानकारी दिनु भयो ।
चालक बाँके नेपालगंज उपमहानगरपालिका ४ का बर्ष ४५ को कबिराज घर्तिमगरले चलाएको भे १ ख १३९६ नम्बरको बसले महर लाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्कर वाट टाउको खुट्टा र शरिरको भित्रि भागमा चोट लागी गम्भीर घाईते भएका महर लाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाईएकामा चिकीत्सकले मृत घोषण गरेका हुन ।
डिएसपी पाण्डेले गाडि र गाडि चालक प्रहरीको नियन्त्रणमा रहेको, उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट प्रहरी नीरीक्षक. हरि राम डॉगीको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया