नलगाडले गर्यो विकास साझेदारहरु सँग वार्षिक समिक्षा बैठक सम्पन्न

सहदेव बस्नेत
जाजरकोट, पुस १ गते । जाजरकोटको नलगाड नगरपालिकाले विकास साझेदारहरु सँग वार्षिक समिक्षा तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो पालिका भित्र कार्यक्षेत्र रहेर कार्यक्रम सन्चालन गरिरहेका विकास साझेदारहरु सँग पालिकाले पहिलिो पटक यसरी कार्यक्रम गरेको हो ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा २० वटा विकास साझेदारहरुले आआफ्नो आव.. २०८०।०८१ को वार्षिक प्रगती प्रस्तुत गरेका थिए । सवै साझेदारहरुले गत वर्षको भूकम्प पश्चात र नियमित रुपमा आफुहरुले सन्चालन गरेका गतिविधिहरुको प्रस्तुति गरेका थिए ।
जस अन्तरगत धेरै जसो संस्थाहरुले भूकम्प पश्चातको राहत, पुर्नलाभ, अस्थायि, आवास, अस्थायि सिकाई केन्द्र, खानेपानी तथा सरसफाई, मनोसामाजिक परामर्श जस्ता क्रियाकलाप मार्फत भूकम्प प्रभावितहरु लाई सहयोग पुर्याइएको प्रस्तुति गरेका थिए । त्यस्तै सडक पुर्वाधार निर्माण, बर्थीङ्ग सेन्टर निर्माण,द्धन्दप्रभावित मानोपरामर्श जस्ता कार्यक्रमको प्रगति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विकास साझेदारहरु वाट, विश्व खाद्य कार्यक्रम, आइओएम, आइएनएफ नेपाल, केयर नेपाल कारितास नेपाल, सहभागि रहेका थिए। त्यसै गरीवहुआयमिक विकास तथा स्थानीय गैर सरकारी संस्थामा यूवा जागरन विकास केन्द्र नेपाल ( यार्सन ) जाजरकोट, पहाडी क्षेत्र विकास अभियान, सीएमसी नेपाल, वहुआयमिक विकास तथा अध्ययन मंच नेपाल, सोसेक नेपाल, प्रतिवद्ध परियोजना, असल छिमेक नेपाल, किर्डाक नेपाल लगायतले प्रस्तुति गरेका थिए ।


समिक्षा कार्यक्रममा नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर वहादुर रावतले विकास साझेदारहरुले आफ्नो पालिकामा गरिरहेको कार्यक्रम को लागि सवैलाई धन्यवाद व्यक्त गर्नु भयो । साथै पुर्वाधारका साथै सामाजिक सचेतना तथा मनोसामाजिक परामर्शका कार्यक्रमले निकै प्रभाव राखेको बताउनु भयो ।


उप प्रमुख देवका लामीछानेले पालिकाको समग्र विकासको अभियानमा विकास साझेदारहरुको निकै भुमिका रहेको बताउनु भयो । साथै पालिकाको तर्फवाट साझेदारि गर्ने कुरामा आफुहरु सँधै तत्पर रहेको बताउनु भयो । कार्यक्रमको सन्चालन नगरपालिकाका सुचना अधिकारी नारायण खत्रीले गर्नु भएको थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत ठगेन्द्र वहादुर गीरी,विषयगत साखा प्रमुखहरु, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विकास साझेदार संस्थाका प्रतिनिधिहरु गरि करीव ५० जनाको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया