
सहदेव बस्नेत
जाजरकोट, माघ २७ गते । जाजरकोटमा मोटरसाइकल दुर्घनामा परेकी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुुनेमा भेरी नगरपालिका–२ रिसाङकी ४० बर्षिय टली विक रहेको प्रहरीले जनाएको छ ।
नलगाड नगरपालिकाको दल्लीदेखि जिल्ला सदरमुकाम खलंगा तर्फ आउदै गरेको भे. ५ ख. ३६६० नम्बरको मोटरसाइकल भेरी नगरपालिका–१ रिगौटामा दुर्घटना भएको थियो । आफै अनियन्त्रित भएर उक्त मोटरसाइकल सडक भन्दा ७ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसी पुरुषेत्तम प्रशाद पाण्डेले दुर्घटनामा परेको मोटर साइकलका चालक नलगाड नगरपालिका–१ का ३३ बर्षिय भीम बहादुर चनारा पनि गम्भीर घाइते भएको र उहाँको उपचार नर्सिङहोममा भइरहेको बताउनु भयो ।
मृतक विक चालक चनाराकी फुपु नाता रहेको र पूर्ण रुपमा क्षेतिग्रष्त भएको मोटरसाइकल इलाका प्रहरी कार्यालय रिम्नामा रहेको प्रहरीले जानकारी दिएका छ ।

जनसन्देश खबर । २७ माघ २०८१, आईतवार १०:३८