
सहदेव बस्नेत
जाजरकोट माघ २७ गते । नेपाल निजामति कर्मचारी यूनियन जाजरकोटको अध्यक्षमा भोला खत्री निर्वाचित हुनु भएको छ । आज सम्पन्न यूनियनको नवौं जिल्ला अधिवेशन बाट खत्री अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
निर्वाचण समितिका संयोजक राजेन्द्र कार्कीका अनुसार नवनिर्वाचित समितिको उपाध्यक्षमा मान वहादुर बस्नेत,निमराज वुढा र मीरा शाही (महिला) रहनु भएको छ । त्यस्तै कृति बहादुर वि.क. सचिव , भिम जंग के.सी. कोषाध्यक्ष र लक्ष्मी नारायण धिताल सहसचिवमा चयन हुनु भएको छ ।
सदस्यमा हरि बहादुर शाही , प्रदिप रावल , निराजन शर्मा , रुद्र बहादुर शाही , हरि बहादुर वली–,टीका थापा उर्मिला शाह , प्रकाश बहादुर शाही ,वीर बहादुर के.सी., मान बहादुर थापा –मान बहादुर बुढा ,हरि बहादुर रोकाय चयन हुनु भएको छ ।
यसैगरि प्रदेश अधिवेशन प्रतिनिधिमा खिम बहादुर चन्द जगदिश न्यौपाने राज कुमार सिहं नरेन्द्र कठायत र गंगा कुमारी रेग्मी चयन हुनु भएको छ । महाधिवेशन प्रतिनिधि कृष्ण बहादुर खत्री नरदल बुढा कर्ण बहादुर रोकाय गणेश बहादुर थापा सरस्वती वस्नेत थापा चयन हुनु भएको छ ।
युनियनका केन्द्रीय सदस्य धन वहादुर विक ले सवैकर्मचारीहरुका हक हितको लागि यस नवनिर्वाचित समितिले महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । साथै जनताको सेवा प्रवाहमा समेत संवेदनशील भएर लाग्न आग्रह गरिएको बताउनु भयो ।


जनसन्देश खबर । २७ माघ २०८१, आईतवार २१:०४