
जनसन्देस सम्बाददाता
जाजरकोट, वैशाख १७ गते । भेरी नगरपालिका जाजरकोटले नगरपालिका भित्र कार्यक्रम सन्चालन गरिरहेका विकास साझेदारहरु सँग समन्वय वैठक सम्पन्न गरेको छ । भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल वहादुर घर्तीले भेरी नगरपालिका भित्र क्रियासील साझेदारहरु सँग आगामि आ.व. २०८२।०३ को प्रस्तावित वजेट तथा कार्यक्रम को जानकारी लिनका लागि वैठकको आयोजना गरिएको वताउनु भयो ।
वैठकको उद्येस्य वारे प्रष्ट पार्दै प्रशासकीय अधिकृत घर्तीले आगामि आवको लागि वजेट तथा कार्यक्रम को जानकारी आदान प्रदान , नगरपालिका सँग साझेदारी गर्न सकिने क्षेत्र तथा पालिका वारे अपेक्षीत साझेदारी वजेटको परीमाण रहेको बताउनु भएको थियो । यस वर्ष देखि विकास साझेदारहरुको वजेट तथा कार्यक्रम लाई पनि राजपत्रमा प्रकासन गरेर लैजाने नगरपालिकाले निति वनाएको समेत प्रशासकीय अधिकृत घर्तीले जानकारी गराउनु भएको थियो ।
वैठकमा १० वटा गैर सरकारी संस्थाले आगाति आर्थिक वर्ष २०८२।०८३ को लागि आफुहरुले प्रस्ताव गरेका कार्यक्रम तथा वजेट प्रस्तुत गरेका थिए ।

आगामि आर्थिक वर्षको वजेट तथा कार्यक्रमको सन्दर्भमा पालिकाले जिविकोपार्जन, उद्यमशीलता, रोजगारमुलक, पुनर्निमाण, पूर्नस्थापना,लाई प्राथमिकतामा राखेको घर्तीले जानकारी दिनु भयो । अव पालिका भौतिक पुर्वाधारमा भन्दा पनि मानविय विकासका क्षेत्रमा वजेट तथा कार्यक्रमको प्राथमिकता रहने बताउनु भयो ।
कार्यक्रममा भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले सवै साझेदार गैर सरकारी संस्थाहरुले पालिकामा पु्याएको सहयोग वारे धन्यवाद दिदै आगामि आर्थिक वर्षमा साझेदारी साथ जानका लागि वैठक उपलव्धीमुलक भएको बताउनु भएको थियो ।

कार्यक्रममा गैर सरकारी स.स्थामहासँघका जिल्ला अध्यक्ष सहदेव बस्नेतले नगरपालिकाले आगामि आर्थिक वर्षको वजेतट तथा कार्यक्रमका सन्दर्भमा आयोजना गरेको वैठक महत्वपुर्ण रहेको बताउनु भयो । त्यस्तै पालिकाले वजेटको सहलगानीको अनुमानित रकम र वजेट तथा कार्यक्रम राजपत्रमा प्रकासन गनुे कुरा पालिलकाले विकास साझेदारहरुको अपनत्व लिएको भन्दै यसको प्रसंसा गर्नु भएको थियो ।

भेरी नगरपालिकाका उपप्रमुख सीता जैसी को अध्यक्षतामा सम्पन्न भएको वैठकको सन्चालन विपद साखा प्रमुख यज्ञ गौतमले सन्चालन गर्नु भएको थियो । यस्ता खाले वैठकलाई निरन्तरता दिइने सामाजिक साखाका सनत दवाडीले जानकारी दिनु भयो । वैकमा संस्थाका कार्यक्रम प्रमुख तथा संस्थाका कार्यसमितिका अध्यक्ष तथा प्रमुखहरुको ुहभागिता रहेको थियो ।


जनसन्देश खबर । १७ बैशाख २०८२, बुधबार २०:३०