भेरीका बालबालिकाले लेखे नगरप्रमुख लाई पत्र

जनसन्देश सम्बाददाता
जाजरकोट, वैशाख २३ गते । भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तीलाई बालबालिकाहरुले पत्र लेखेका छन । “मैले चाहेको शिक्षा ” शिर्षकमा बालबालिकाहरुले नगरप्रमुख घर्तीलाई पत्र लेखेका हुन ।
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२५ अन्तरगत शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति जाजरकोटले यो कार्यक्रम जाजरकोटमा सन्चालन गरेको हो । स्थानीय सरकारलाई पत्र अभियान कार्यक्रम भेरी नगरपालिका १ कालेगाउँमा रहेको शिव माध्यमिक विद्यालयमा आयोजना गरिएको हो । विद्यालयमा कक्षा ८,९ र १० मा अध्ययनरत २१ जना बालबालिकाहरु । “मैले चाहेको शिक्षा” कार्यक्रममा सहभागि भएका हुन् । सहभागि विद्यार्थीहरुले आफुहरुले चाहेको शिक्षा विषयमा आफ्नो विषयवस्तु समेटेर नगरप्रमुख लाई पत्र लेखेका हुन । पत्रमा बालबालिकाहरुले पाइरहेको शिक्षाको अवस्था कस्तो छ , विद्यालयमा के कस्ता समस्या व्यहोर्नु परेको छ, उनीहरुले कस्तो विद्यालय, होस् भन्ने चाहेका छन् आदि विषयहरुको बारेमा स्थानीय सरकार सँग अपेक्षा राखेको कुरा ल्ऋभ् ल्भउब िजाजरकोटका संयोजक सहदेव बस्नेतले बताउनु भयो ।


त्यसै गरी विद्यालय भर्ना अभियान २०८२ अन्तरगत श्री बुद्धि आधारभूत विद्यालय भेरी नगरपालिका ४ बोहोरामा सरोकारवालहरु सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा विद्यालयका शिक्षक, जनप्रतिनिधि, अभिभावक,बालबालिका लगायत सरोकारवालाकोे सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले अहिले सरकारी विद्यालयहरुमा शैक्षिक स्तर दिनानुदिन खस्कदै जानुमा स्थानीय सरकारको ध्यानाकर्षण गराएका थिए ।
साथै विद्यालयमा गुणस्तरीय शिक्षा सम्वन्धि कविता प्रतियोगिता समेत आयोजना गरिएको थियो। विद्यालयका वावालिकाहरुले त्यस्तै अभियान अन्तरगत रेडियो खलंगा एफ एम र रेडियो पाइला एफएम वाट अभियानका सचेतनामुलक सन्देस प्रशारण समेत गरिएको छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोट, गैरसरकारी संस्था महासंघ जाजरकोट र यार्सन जाजरकोटको समन्वय रहेको थियो ।


प्राप्त पत्रहरु कार्यक्रमको आयोजना गरि उत्कृष्ट पत्रहरु नगरप्रमुख लाई बुझाई तथा बोधार्थ कर्णाली प्रदेश सरकार लाई समेत पठाइएको संयोजक बस्नेतले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया