वाइसीएल नेपाल जाजरकोटको अध्यक्षमा यज्ञराज बस्नेत चयन

जनसन्देश सम्बाददाता ।
वैशाख २६ गते । नेकपा माओवादी केन्द्र निकट यूवा संगठन योङ कम्यूनिष्ट लिग ९वाइसीएल० नेपाल जाजरकोटको अध्यक्षमा यज्ञराज बस्नेत सर्वसम्मत निर्वाचित हुनु भएको छ। शुक्रबार जिल्ला सदरमुकाम खलंगामा भएको संगठनको पाँचौं जिल्ला सम्मेलनले अध्यक्षमा बस्नेत सहित ३७ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
यस्तै, उपाध्यक्षमा गोविन्द्र गिरी,खम्बप्रसाद सिंह,सुनकेसा के।सी। कोषाध्यक्षमा गीता बुढा, सचिवमा सौगात विष्ट, स‒सचिवमा दिपक खड्का, भुपेन्द्र रावल, बालकृष्ण शाह, मुक्तिराज वि।क। निर्वाचित हुनु भएको वाइसीएल जाजरकोटले जनाएको छ ।
संगठन लाई जनता र पाटीको हितको लागि चलायमान वनाउने र यूवाहरु लाई उद्यमशीलता र उत्पादनमा जोडेर लैजाने नवनिर्वाचित अध्यक्ष बस्नेतले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

 

 

तपाईको प्रतिक्रिया