एनएनडिएसडब्लुओ ले कुशेमा गर्‍यो बिध्यार्थी भर्ना अभियान २०८२

जनसन्देश सम्बाददाता
जाजरकोट, जेठ ४ गते ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ केन्द्रीय कार्यालय काठमाडौं र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा एनएन डिएसडब्लुओ जिल्ला शाखा जाजरकोटले संचालन गरिरहेको नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत विद्यार्थि भर्ना अभियान सम्पन्न गरिएको छ ।
शैक्षिक सत्र २०८२ मा कुशे गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री थर्पु माध्यमिक बिध्यालयमा सबै बालबालिकाको बिध्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता ू भन्ने मुल नाराका साथ बिध्यार्थी भर्ना अभियान २०८२ शुक्रबार सम्पन्न भएको छ ।
सस्थाका जिल्ला अध्यक्ष रति नेपाली को सभाध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्री हुनुहुन्थ्यो भने कुशे गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरि बहादुर सिंह विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा , गैसस महासंघ जाजरकोटका अध्यक्ष सहदेव बस्नेत ,अकोराब कर्णाली प्रदेश कोषाध्यक्ष बाल कुमार शर्मा , शिक्षाका लागि राष्ट्रिय अभियान का जिल्ला सदस्य सुनिता सुनार लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।


बिध्यालयका प्रधानाध्यापक दीर्घ जंग सिंह ले एनएनडिएसडब्लुओ ले दलित बालबालिका तथा युवायुवतीहरुको शैक्षिक अवस्थामा सुधार गर्ने मुल नाराका साथ संचालन गरिरहेको नेपाल छात्रवृत्ति कार्यक्रमले दलित बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन गरेको योगदानको प्रशंसा गर्दै भर्ना अभियानले थप टेवा पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।
सस्थाले नेपाल छात्रवृत्ति कार्यक्रम सन २०१३ देखि जाजरकोट जिल्ला का ४ वटा स्थानीय तह भेरी नगरपालिका , कुशे गाउँपालिका , नलगाड नगरपालिका र छेडागाड नगरपालिका मा संचालन गरिरहेको सस्थाका जिल्ला परियोजना अधिकृत कृष्ण तिरुवाले बताउनु भयो । वार्षिक १२० जना दलित समुदायका बालबालिकाले परियोजना बाट लाभ लिईरहेका छन् ।

तपाईको प्रतिक्रिया