भेरी सामुदायिक मुल समितिको प्रथम बार्षिक साधारण सभा पीपेमा सम्पन्न

जनसन्देश सम्बाददाता
जाजरकोट, जेठ ४ गते । भेरी सामुदायिक मुल समिति भेरी नगरपालिका १ को प्रथम बार्षिक साधारण सभा भेरी १ पीपेमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष भीम वहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथि भेरी नगरपालिकाका उप प्रमुख सीता गौतम, वडा नं १ का वडा अध्यक्ष दीपक राना , गैर सरकारी संस्था महासँघ जाजरकोटका अध्यक्ष सहदेव बस्नेत ,भेरी सामुदायिक मुल समितिका अध्यक्ष सीता दवाडी लगायतले शुभ कामना दिनु भएको थियो । शुभकामना दिनुहुदै सवैले आआफ्नो क्षेत्र वाट टोल विकास समितिलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यस्तै जय वहादुर बस्नेत,तुलसी बस्नेत, नीरज राना, शाधना पुनले पनि आआफ्नो भनाई राख्नु भएको थियो ।


प्रमुख अतिथि एवं भेरी नगरपालिकाका उपप्रमुख सीता गौतमले टोल विकास संस्था मार्फत महिला दीदी वहीनीहरुका लागि आफुले सक्दो कार्यक्रम तथा वजेट को तर्जुमा गर्ने प्रतिवद्धता गर्नु भएको थियो । त्यस्तै
त्यस्तै कार्यक्रममा धर्म विकले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने सुजन केएस. ले बार्षिक प्रगति प्स्तुत गर्नु भएको थियो । जसमा टोल विकास संस्थाको मार्फत गाउँ घरमा वाटो निर्माण सरसफाई,मध्यस्थता तथा मेलमीलाप, पानी पँधेरो सरसफाई जस्ता कार्य गरिरहेको जानकारी गराउनु भएको थियो ।


कार्यक्रम व्यवस्थापम दीपेन्द्र राज कार्किले कार्यक्रमको लक्ष उद्येस्य र आगामि योजनाका वारेमा जानकारी गराउनु भएको थियो । सभामा करीव २०० जना टोल विकास संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन कीरन सिंहले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया