नेपाल स्वंयमसेवी रक्तदाता समाज जाजरकोटको अध्यक्षमा प्रेम वली चयन

जनसन्देश सम्बाददाता

जाजरकोट, जेठ २३ गते । नेपाल स्वंयमसेवी रक्तदाता समाज जाजरकोटको नयाँ कार्यसमिति चयन गरिएको छ। शुक्रबार खलंगामा आयोजित रक्तदाताको भेलाबाट प्रेम वलीलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरिएको हो। पूर्वअध्यक्ष सोजन शाक्यको कार्यकाल समाप्त भएपछि नयाँ कार्यसमिति गठन गरिएको हो।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा प्रतिक परियार, सचिवमा प्रेमबहादुर विक, सहसचिवमा निराज सिंह, र कोषाध्यक्षमा जुनु परियार सर्वसम्मत चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा अर्जुन शाही, जयबहादुर चन्द, विवश विक्रम शाह लगायत नौ सदस्यीय समिति गठन गरिएको अध्यक्ष वलीले जानकारी दिनु भयो।
त्यसै गरि संस्थामा जिल्ला अस्पताल, रेडक्रस सोसाइटी, मालिका सामुदायिक केन्द्र, र लाइन्स क्लबका प्रतिनिधिहरूलाई वरिष्ठ सल्लाहकारको रूपमा चयन गरिएको छ।
यस्तै सल्लाहकारहरूमा मुकुन्द प्रसाद शर्मा, खम्बजंग शाह, सोजन शाक्य, अनिश कुमार कार्की, कालीबहादुर नेपाली, धर्मशिला बस्नेत र सहदेव बस्नेत रहेका छन्।

नव(निर्वाचित अध्यक्ष वलीका अनुसार, जिल्लामा रगत अभावका कारण कोही कसैको ज्यान जान नदिने उद्देश्यका साथ संस्था सक्रिय रूपमा काम गर्नेछ। “हामीले रगत अभाव हुन नदिने गरी नियमित रक्तदान कार्यक्रम, सचेतनामूलक अभियान, र आवश्यकता परेको बेलामा आपतकालीन रगत व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकता दिनेछौं,” अध्यक्ष वलीले बताउनु भयो।
संस्थाले आगामी दिनहरूमा विभिन्न संघ–संस्था, सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य गरी रक्तदान संस्कृतिको प्रवर्द्धन गर्ने जनाएको छ।
नवनिर्वाचित वली जिल्लामा समसामयिक सवाल उठान तथा सामाजिक क्षेत्रमा पनि क्रियासील रहदै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया