भेरी नगरपालिकामा लागु ओषध प्रयोगकर्ताको पहिचान गर्न मानसिक स्वास्थ्य शिविर सञ्चालन

सहदेव बस्नेत
जाजरकोट , जेठ २६, २०८२
भेरी नगरपालिकाले निशुल्क मानसिक स्वास्थ्य शिविर संचालन गरेको छ । लागु औषध प्रयोगकताहरुको पहिचान गर्न भेरी नगरपालिकाले निशुल्क मानसिक स्वास्थ्य शिविर संचालन गरेको हो ।

सुक्रबार जाजरकोट जिल्ला अस्पताल र सनिबार भेरी नगरपालिका–७ स्यालीबजारमा निशुल्क मानसिक स्वास्थ्य शिविर संचालन गरिएको थियो । भेरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक बहादुर वलीले लागु औषध प्रयोगकर्ताहरुको पहिचान तथा उपचार गर्नुको साथै विभिन्न कारणले मानसिक स्वास्थ्य समस्यामा परेकाहरुको पहिचान तथा उपचार गर्न भेरी नगरपालिकाले सीएमसी नेपाल सँगको सहकार्यमा दुई दिने निशुल्क मानसिक स्वास्थ्य शिविर संचालन गरेको जानकारी दिनु भयो ।

शिविरमा बरिष्ठ मानसिक रोग विशेषज्ञ डा। अमित झा र मानसिक रोग विशेषज्ञ डा। दिपिका विधानले मानसिक स्वास्थ्यका बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । दुइ ठाउँमा संचालन गरिएको शिविरबाट ३०० जनाले स्वास्थ्य जाँच सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख वलीले जानकारी दिनु भयो । १२१ जना मानसिक रोगका बिरामीहरुको स्वास्थ्य परीक्षण गरि उपचार तथा परामर्श सेवा प्रदान गरिएको वलीको भनाई छ ।


विरामीहरुलाइ ३७ प्रकारका औषधीहरु वितरण गरेर शिविरबाट उपचार सेवा प्रदान गरेका थियौं शाखा प्रमुख वलीले भने, “गम्भीर समस्या भएका दुइ जना मानसिक रोगका विरामीलाइ पाटन अस्पतालमा रिफर गरेका छौं ।” शिविरबाट पहिचान गरिएका १२ जना मानसिक स्वास्थ्यका बिरामीहरु मध्ये गम्भीर समस्या भएका २ जनालाई “क” वर्गको, “ख” वर्गको लागि २ जना र “ग” वर्गको लागि ८ जनालाइ अपाङ्गता परिचय पत्रको लागि नगरपालिकालाइ सिफारिस गरिएको शाखा प्रमुख वलीले बताउनु भयो।
शिविरमै १२१ जना मानसिक रोगका विरामीलाइ ४ जना मनोविद तथा मनोपरामर्शकर्ताबाट मनोपरामर्श सेवा प्रदान गरिएको थियो । शिविरबाट लागु औषधको कुलतमा फसेकाहरुको पहिचान गर्नुको साथै रिहाब सेन्टर ९पुनस्र्थापना केन्द्र० मा राख्नुपर्ने व्यक्तिहरुको पनि पहिचान गरिएको शाखा प्रमुख वलीले जानकारी दिनु भएको छ। लागु औषध दुव्यर्सनीमा फसेकाहरुको पहिचान गर्न भेरी नगरपालिकाले जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल र १२ वटा माध्यामिक विद्यालयलाइ लागुपदार्थ सेवन परीक्षण किट वितरण गर्ने योजना रहेको शाखा प्रमुख वलीले जानकारी दिनु भयो स।

 

 

 

तपाईको प्रतिक्रिया