जाजरकोटमा मनाइयो लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

सहदेव बस्नेत,
जाजरकोट, असार १२ गते । लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्र्राष्ट्रिय दिवसमा जिल्ला सदरमुकाम खलंगामा मनाइएको छ । लागुऔषध दुव्र्यसनी नियन्त्रण र ओसारपसार विरुद्धको सचेतनाका लागि जिल्ला प्रशासन कार्यालयको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा प्रभातफेरी कार्यक्रमको आयोजना गरि मनायएको छ ।
बिहिबार विहान गैरीखालीबाट सुरु गरिएको प्रभातफेरी कार्यक्रम नगरपालिकाको सभाहलमा पुगेर औपचारीक कार्यक्रम गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले
नगरपालिकाको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा नसाजन्य सबै पदार्थ लागुऔषध भएको भनाइ राखेका थिए ।
भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले मानव शरिर र मष्तिस्कलाइ लठ्याउने सबै बस्तु तथा पदार्थहरु लागुऔषधको परिभाषा भित्र पर्ने भनाई राख्नु भएको थियो । लागुऔषध दुव्र्यसनीको कुलतबाट नयाँ पुस्तालाइ जोगाउन निकै ठुलो चुनौति भएको बताउदै नगरप्रमुख घर्तीले सुन्दर भविश्य विर्गानबाट नयाँ पुस्तालाइ जोगाउन नगरपालिकाले लागुऔषध विरुद्धको अभियानलाइ अगाडी बढाएको बताउनु भयो । लागुऔषध दुव्यर्सनी विरुद्धको अभियानका लागि नगरपालिकाले सबै निकायसंग सहकार्य गर्न तयार रहेको प्रमुख घर्तीको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको अध्यक्षतामा आयोजित कार्यक्रममा लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि संचालन गरिएका कृयाकलापहरुको जानकारी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत समिर गौतम र भेरी नगरपालिकामा कार्यरत जनस्वास्थ्य अधिकृत दिपक बहादुर वलीले जानकारी गराउनु भएको थियो ।

अघिल्लो बर्षदेखि लागुऔषध दुव्र्यसनी विरुद्ध रोकथाम तथा नियन्त्रण अभियान संचालन गरेको भेरी नगरपालिकाले दिवसीय कार्यक्रममा लागुऔषध रोकथाम तथा नियन्त्रणका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोट र ईलाका प्रहरी कार्यालय दल्लीका इन्चार्ज तथा प्रहरी निरिक्षक सन्तोष चन्दलाइ नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरेर सम्मान गरेको थियो ।
त्यसैगरी लागुऔषध दुव्र्यसनीको कुलतमा फसेका व्यक्तिहरुलाइ उत्कृष्ट मनोपरामर्श सेवा प्रदान गर्ने जिल्ला अस्पतालको ओसिएमसी शाखा प्रमुख नारायणी शाह र मानसिक रोग सम्बन्धी उपचार सेवा प्रदान गर्ने भेरी नगरपालिका–९ भुर पोखरा स्वास्थ्य चौकी इन्चार्ज लाल बहादुर खड्कालाइ नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

त्यसैगरी लागु औषध दुव्र्यसनी विरुद्धको अभियानको उत्कृष्ट रिर्पोटिङ्ग तथा समाचार मिडिया कभरेज गर्ने पत्रकार दिप बहादुर घर्ती र काली बहादुर नेपालीलाइ नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

नेपाल सरकारको गृहमन्त्रालयले लागुऔषध दुरुपयोग विरुद्धको तीन महिने अभियान संचालन गरेको जानकारी दिदै प्रजिअ मंग्रातीले जाजरकोट जिल्लाका विभिन्न स्थानमा ८ गतेदेखि १२ गतेसम्म विभन्न कार्यक्रमको आयोजना गरेर लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०८२ मनाएको जानकारी गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया