
सहदेव बस्नेत
जाजरकोट , असार २० गते । जाजरकोटको कुशे गाउँपालिकामा अािरवल वर्षा पछि पहिरो सँगै आएको ढुङ्गाले लाग्दा एकै घरकी दुई ददीबहिनीके मृत्यू भएको छ । जिल्लाको कुशे गाउँपालिका–३ तर्पेनामा घर माथिको भिरवाट खसेको ढुङ्गा लागेर दुई दिदीबहिनीको मृत्यु भएको छ ।
भुकम्पपछि टिनको टहरामा सुतिरहेका बेला बिहीवार राति करिब ९ः३० बजेको समयमा टहरा माथिबाट खसेको ठूलो ढुङ्गाले नरबहादुर बुढाकी १६ वर्षीया छोरी चन्द्रा बुढाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगील उनीसँगै सुतेकी २० वर्षीया सर्मिला बुढा घाइते भएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य चौकि अर्छानि लैजाँदै गर्दा बाटैमा मृत्यु भएकोे जानकारी दिनु भयो ।
े ।

जनसन्देश खबर । २० असार २०८२, शुक्रबार ०६:२४