
जनसन्देश सम्बाददाता
जाजरकोट, असार ३० गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति जाजरकोटले जिल्ला प्रशासन कार्यालयलाइ ज्ञापन–पत्र बुझाएको छ । जाजरकोट भुकम्प प्रभावितहरुको अस्थायी तथा स्थायी आबास निर्माणका लागि सार्वजनिक गरिएको डिडीए रिर्पोटको विषयमा नेकपा ९माओवादी केन्द्र० जाजरकोटले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गर्न ज्ञापन–पत्र बुझाएको जिल्ला ईन्चार्ज गणेश प्रसाद सिंह ले जानकारी दिनु भयो ।
सोमबार नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश समिति ईन्चार्ज काली बहादुर मल्लको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकाररी मेख बहादुर मग्रातीको कार्यकक्षमा पुगेर ज्ञापन–पत्र बुझाएका थियो ।

प्रजिअ मग्रातीलाइ बुभाएको ६ बुँदे ज्ञापन–पत्रमा निम्न विषयहरु समेटिएको जिल्ला संयोजक टेक वहादुर रावलले जानकारी दिनु भएको छ ।
१. पुनःनिर्माणको डिडिए रिपोर्टमा व्यक्तिको क्षतिग्रस्त घरलाई सामान्य वा वृहत प्रवलीकरणमा राखिएकोमा असन्तुलन देखिएको भन्दै त्यसको तत्काल समाधान गर्न माग गरिएको छ।
२। डिडिए प्रतिवेदन छुटेका घरहरूको समेत चाँडो निरीक्षण गरी समावेश गर्न आग्रह गरिएको छ।
३। अस्थायी आवासको पहिलो तथा दोस्रो किस्ताको बाँकी रकम तत्काल भुक्तानी दिन सरकारसँग माग गरिएको छ।
४। विपद् पोर्टलमा छुटेका घरहरूको विवरण अद्यावधिक गर्न स्थानीय तह र प्राधिकरणसँग समन्वय गर्न भनिएको छ।
५। अनुदान रकम बढाउने तथा कार्यावधि संशोधन गर्न सरकारलाई पहल गर्न सुझाव दिइएको छ।
६। १५ दिनभित्र माग पुरा नभए संघर्षका कार्यक्रम अगाडि बढाइने चेतावनी दिइएको छ।
कर्णाली प्रदेश ईन्चार्ज काली बहादुर मल्लको नेतृत्वमा गएको टोलीमा केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज गणेश प्रसाद सिंह, जिल्ला संयोजक टेक बहादुर रावल, जिल्ला सचिव इमाश्वर देवकोटा लगाएतका नेता कार्यकर्ताहरु ज्ञापन–पत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । उक्त ज्ञापन–पत्र पढेर बाचन गर्नुको साथै प्रजिअ मग्रातीलाइ जिल्ला ईन्चार्ज सिंहले ज्ञापन–पत्र हस्तान्तरण गर्नु भएको थियो ।

जनसन्देश खबर । ३१ असार २०८२, मंगलवार ०७:३५