जनक्रान्तिका महान् सहिद परिवार समाज नेपालको भेरी नगर समितिको अध्यक्षमा विश्वकर्मा

 

जनसन्देश सम्बाददाता ,
जाजरकोट, साउन १९ गते ।
नेकपा (माओवादी केन्द्र) निकट जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल भेरी नगर समितिको अध्यक्षमा प्रेम विश्वकर्मा चयन हुनु भएको छ ।
जिल्ला सदरमुकाम खलंगा स्थित नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयको सभाहलमा सम्पन्न प्रथम नगर सम्मेलनले विश्वकर्माको अध्यक्षमा १३ सदस्य नगर समिति सर्वसम्मत चयन गरेको नेकपा (माओवादी केन्द्रं) भेरी नगर सचिव दिपक खत्रीले जानकारी दिनु भएको छ। सम्मेलनले उपाध्यक्षमा सुर्य थापा, सचिवमा मङगला बस्नेत, कोषाध्यक्षमा काली तिरुवालाइ सर्वसम्मत चयन गरेको सचिव खत्रीले जानकारी दिनु भयो ।
सम्पन्न सम्मेलनले नगर समितिको सदस्यहरुमा यसोदा बस्नेत, टेक बहादुर राना, सेतु सिंह, धनसरा आचार्य, अम्बिका आचार्य, टुल्की विक, झलक वली, खिमा कामी, लिला रोकायलाइ सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी सम्मेलनले पाँच सदस्य जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल भेरी नगर सल्लाहकार समिति सर्वसम्मत चयन गरेको छ । नगर सल्लाहकार समितिको संयोजकमा तुलवीर वली सर्वसम्मत चयन भएका छन भने, सदस्यहरुमा आसे पुन, कल्पना विक, सितली राना, नन्दकली बस्नेतलाइ सर्वसम्मत चयन भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण शाहको प्रमुख आथित्यतामा जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल प्रथम भेरी नगर सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समिति उपाध्यक्ष ढकवीर राना विशेष अतिथि रहनु भएको थियो भने, अन्य अतिथिहरुमा नेकपा (माओवादी केन्द्रं) भेरी नगर अध्यक्ष दिपक बस्नेत,सचिव दिपक खत्री, जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल कर्णाली प्रदेश समिति उपाध्यक्ष विनोद रावल, जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल जाजरकोट जिल्ला अध्यक्ष मन बहादुर खड्का रहेका थिए ।

तपाईको प्रतिक्रिया