
जनसन्देश सम्बाददाता
जाजरकोट,साउन २५ गते । नेकपा ( माओबादी केन्द्र ) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनको तयारी अन्तर्गत जाजरकोटका सबै पालिकामा महिलाहरुको व्यापक सहभागितामा भेला तथा प्रशिक्षण कार्यक्रमहरु भव्य रुपमा सम्पन्न भइरहेका छन् ।

भेरी नगरपालिकाबाट सुरु भएको यो अभियान शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका, नलगाड नगरपालिका हुँदै बारेकोट गाउँपालिकासम्म शानदार ढंगले सम्पन्न भएको हो । अखिल नेपाल महिला संघ क्रान्तिकारी जाजरकोटकाजिल्ला संयोजक राममाया हमालले अब कुसे गाउँपालिकामा वडा स्तरका कार्यक्रम सम्पन्न गरी पालिका स्तरमा लैजाने तयारी भइरहेको जानकारी दिनु भयो। अभियान अन्तरगत सवै पालिका, वडा र टोलस्तरमा महिलाहरुको व्यापक सहभागिता देखिएको संयोजक हमालले जानकारी दिनु भयो ।
अभियानमा महिला संघकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णा शाह, प्रदेश उपाध्यक्ष देवका लामिछाने, जिल्ला संयोजक राममाया हमाल, प्रदेश सदस्य शिवा आचार्य लगायत महिला नेतृ तथा स्थानीय पार्टी नेताहरुको उपस्थिति र सहभागितामा कार्यक्रमहरु भइरहेको संयोजक हमालले बताउनु भयो।

महिला संघकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णा शाहले मध्य वर्षाको प्रतिकूल मौसममा पनि महिलाहरुको जोश र सक्रिय सहभागिताले पार्टी र संगठन प्रति निकै आशाबादी वनाएको बताउनु भयो । स्मरणीय छ, जनयुद्धको प्रारम्भदेखि नै जाजरकोटमा महिला छापामारहरु व्यापक रुपमा जनयूद्धमा सहभागि रहेका थिए ।






जनसन्देश खबर । २५ श्रावण २०८२, आईतवार ०८:०८