भेरी नगरपालिका १ को कल्लेखोलामा एम्बुलेन्स दुर्घटना, चालकको घटना स्थलमै मृत्यु

सहदेव बस्नेत
जाजरकोट , साउन २६ गते । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुदा चालकको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको भेरि नगरपालिका – १ कोल्चौर नजिकै कल्ले खोलामा गए राति १ बजे एम्बुलेन्स दुर्घटना हुदा चालक भेरी नगरपालिका १ डौंरीकाँडाका २७ बर्षिय शुनिल चनाराको घटनास्थलमै मृत्यु भएको हो ।
भेरी नगरपालिका १ का वडा अध्यक्ष दीपक रानाले खलङ्गा बाट भेरी नगरपालिका १ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय यूवा क्लव मुसीकोट १३ को नाममा रहेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स गए राति दुर्घटना भएको जानकारी दिनु भयो ।
अस्थायि प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायव निरीक्षक बीर वहादुर थापाले गए राति १ वजे उकालो जाने क्रममा भित्तामा ठोक्कियर एम्बुलेन्स करिव दुईसय मिटर तल खसेर दुर्घटना भएको बताउनु भयो । राति १ वजेको घटना भएता पनि स्थानियहरुले विहान घाँस काट्न जाने क्रममा थाहा पाएर प्रहरीलाई खवर गरेको थापाले जानकारी दिनु भयो ।
अहिले घटना स्थलमा प्रहरी पुगेर मुचुल्का लगायतको काम गरि लाश पोष्ट मार्टम का लागि जिल्ला अस्पताल पठाउन थालिएको सइ थापाले जानकारी दिनु भयो । चालक सोही वडाको डौरीकाँडा निवासी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया