स्वास्थ्य चौकि टालेगाउँमा गर्भवतीका लागि अल्ट्रासाउन्ड सेवा सुरु

सहदेव बस्नेत
जाजरकोट, साउन ३० , जाजरकोट ः कुशे गाउपालिका – २ टालेगाउँ स्वास्थ्य चौकिले गर्भवती महिलाहरुका लागी अल्ट्रासाउन्ड ( भिडियो एक्सरे) सेवा संचालनमा ल्याएको छ । स्वास्थ्य चौकी टालेगाउँमा कुशे– १ र २ का गर्भवती तथा सुत्केरी महिलाहरुका लागि ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्सरे )सेवा वडा नं २ का वढा अध्यक्ष मान बहादुर सिंहले औपचारिक रूपमा उदघाटन गर्नु भएको छ । अध्यक्ष सिंहले सो सेवा नियमित रूपमा सुचारु हुने र सेवा लिन समेत सेवाग्राहिहरुलाई आग्रह समेत गर्नु भएको छ ।
टालेगाउँ स्वास्थ्य चौकिका प्रमुख शेर बहादुर बस्नेतले केयर नेपालको आर्थिक सहयोग तथा कुशे गाउपालिका स्वास्थ्य शाखा र स्वास्थ चौकि टालेगाउको समन्वयमा उक्त सेवा संचालनमा ल्याईएकोे बताउनु भयो ।
यस सेवा सन्चालन सँगै यस क्षेत्रका गर्भवती तथा सुत्केरी आमाहरुलाई सहज हुने बस्नेतको भनाई छ । सेवा सुचारु भए सँगै यहाँका गर्भवती तथा सुत्केरी आमाहरुलाई १ दिनको यात्रा गरेर सदरमुकाम को जिल्ला अस्पताल सम्म पुग्नु पर्ने वाध्यताको अन्त्य भएको प्रमुख बस्नेतले बताउनु भयो ।

तपाईको प्रतिक्रिया