भेरी नगरपालिका ९ बाल विवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा

सहदेव बस्नेत
जाजरकोट, भदौ ७ गते ।
जिल्लाको भेरी नगरपालिका–९ बाल विवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा भएको छ । निर्धारीत सुचकहरु पुरा भए पछि भेरी नगरपालिका वडा नं ९ को प्राँगनमा आयोजित समारोहमा भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तिले उक्त घोषणाा प्रमाण पत्र वडा अध्यक्ष हिरा प्रशाद शर्मालाई हस्तान्तरन गर्नु भएको हो ।
कार्यक्रममा आफ्नो भनाई राख्नु हुदै नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तिले भेरी नगरपालिकाको बाल मैत्री नगरपालिका घोषणा अभियान अन्तरगत यो घोषणा कार्यक्रम सम्पन्न भएको बताउनु भयो । भेरी नगरपालिकाले बालबालिकाहरुका लागि विभिन्न कार्यक्रम वडा वडामा सन्चालन गर्दै नगरपालिका घोषणा गर्ने लक्ष राखेको बताउनु भयो ।


कार्यक्रम पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटका अध्यक्ष छबी पन्तले बाल विवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा भएकोमा वडालाई हार्दिक वधाई दिनु भएको थियो । वर्ल्ड भिजन इन्टरनेशनल नेपालका  अनुप राणा ले बालबालिकाहरुका लागि संवेदनशील हुदै यो वडा घोषणा सम्म पुग्नु निकै खुसीको कुरा भएको भनाई राख्नु भएको थियो ।
कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, राननितिक दल ,शिक्षक, विद्याथि, आमा समुह, स्वास्थ्य स्वंसेविका,सुरक्षाकर्मि, समाजसेवि स्थानिय हरुको सहभागिता रहेको थियो ।


वडा अध्यक्ष हिरा प्रशाद शर्माले यस घोषणा कार्यक्रम सम्म ल्याउनु हुने सवै सहयोगि निकायहरुलाई हार्दिक धन्यवाद दिनु भएको थियो । बिशेस गरि वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र पाँचतारा युवा संरक्षक मंच जाजरकोटले गरेको सहयोगको प्रशंसा गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया