आफैले रकम उठाएर बनाए बानीयाँगाउँका स्थानीयले २ किलोमीटर सडक

जनसन्देश सम्बाददाता ।
जाजरकोट, भदौ १० गते । घरको आँगन भत्कदा समेत सरकारको मुख ताक्ने प्रवृत्ति वढ्दै गएको वेला नलगाड ११ का वासीन्दाले आफ्नै लगानीमा सडक निर्माण गरेका छन । जाजरकोटको नलगाड नगरपालिका ११ बानीयाँगाउँका स्थानिय वासीन्दाले आफ्नो गाउँमा जाने सडक आफै निर्माण गरेका छन । प्रत्यक घर धुरीले स्वैच्छिक रुपमा १५ हजार रुपियाँ उठाएर सडक निर्माण गरेको स्थानीय प्रेम वहादुर वोहोराले जानकारी दिनु भयो ।
वडा अध्यक्ष लाल वहादुर वानीयाँले प्रदेश तथा सँघ सरकार सँग धेरै पटक योजना माग गर्दा समेत सम्वोधन नगरेपछि जनताहरु वाटै रकम संकलन गरेर सडक निर्माण गरिएको बताउनु भयो । करीव २ कीलोमीटर सडक निर्माण गर्नका लागि ७५ घर स्थानिय ले हामी पनि वनाउँना सक्छौं , आफ्नो गाउँको विकास भन्ने अभियान अन्तरगत सडक निर्माण गरिएको अध्यक्ष बानीयाँको भनाई छ । सडक निर्माणका लागि कुल १६ लाख रकम खर्च भएको र त्यसमा नलगाड नगरपालिकाको तर्फ वाट ४ लाख रुपियाँ सहयोग रहेको वडाअध्यक्ष वानीयाँको भनाई छ ।
२ कीलोमीटर नजीक सम्म नलगाड नगरपालिकाले सडक निर्माण गरेतापनि गाउँ सम्म आवत जावत गर्न कठीनाई भए पछि स्थानीयले आफै निर्माणमा जुटेको स्थानीय जय वहादुर वानीयाँको भनाई छ ।


सडक निर्माण सँगै बीरामी हुदा एम्वुलेन्समा अस्पताल सम्म पुग्न सहजता र अन्य आवतजावतका लागि सहज भएको स्थानीय गोविन्द वानीयाँको भनाई छ । आफ्नो गाउँमा स्थानीयको सहभागितामा सडक निर्माण पछि स्थानीयहरु निकै हर्षीत भएको वडा अध्यक्ष बानीयाँको भनाई छ ।

तपाईको प्रतिक्रिया